ताजा खबर

श्री कृष्ण प्रणामी धर्मालम्बीद्धारा पशु बलिरिुद्ध सचेतना कार्यक्रम आयोजना

SITENAME

असोज ३०, रौतहट । श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिती  रौतहटको  आयोजनामा चन्द्रपुरमा पशु बलिरिुद्ध मौन ¥याली निकालिएको छ।
मंगलबार श्री कृष्ण प्रणामी सम्प्रदायका धर्मालम्बीले शाकाहारी जीवन शैली अपनाऔ , जस्तो आहार त्यस्तै बिचार , हिंसा रहित समाज निर्माण गरौ, पवित्र मन्दिरमा पशु बध नगरौ लेखिएका  प्लेकार्डहरु सहित ¥याली निकालेका हुन । ¥याली चन्द्रनिगाहपुर चौक लगायतका विभिन्न स्थान परिक्रमा गरी कोण सभामा परिणत भएको हो । धर्मको नाममा पशु लाइ वली दिन नहुने भन्दै सचेतनाको लागी ¥याली को आयोजना गरीएको श्री कृष्ण प्रणामी युवा परिषद नेपाल रौतहटका अध्यक्ष शंकर अधिकारीले बताउनुभयो ।

 

¥याली पछि भएको कार्यक्रममा हरिद्धारबाट पाल्नुभएका स्वामी मदन मोहन अलंकार , श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय प्रशिक्षक सन्त सुरेन्द्र शास्त्री , श्री कृष्ण प्रणामी युवा परिषदका केन्द्रिय सदस्य कृष्ण प्रसाद सापकोटा लगायतले पशु वलीका बिरुद्ध मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभाका सांसद देवप्रसाद तिमल्सीनाले आप्नो मन्तव्य राख्दै आफु पनि पशु बलिको विपक्षमा रहेको र पशु वलीका बिरुद्धका यस प्रकारका सचेतनाका कार्यक्रममा आप्नो पुर्ण समर्थन र सहयोग रहने बताउनुभयो ।

त्यस्तै उहाँले  पशु वली ज्यादै निन्दनिय कार्य भएको र यस प्रकारका सचेतनाका कार्यक्रम बढिभन्दा बढि आयोजना गरी सम्पुर्ण समाजलाई नै सचेत गराउनुपर्नेमा जोड दिनुभयो । श्री कृष्ण प्रणामी सम्प्रदायका धर्मालम्बीले आयोजना गरेको उक्त कार्यक्रममा ब्रम्हाकुमारी राजयोग सेवा केन्द चन्द्रनिगाहपुर, आत्मज्ञान प्रचार संघ, जय गुरु देव नेपालका प्रतिनिधी सहित सयौको संख्यामा  श्री कृष्ण प्रणामी धर्मालम्बीहरुको सहभागीता रहेको चन्द्रपुर—४ का राजकुमार सापकोटाले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस
SITENAME

छ महिना भित्र जमुनिया नदिको पानीले खेती हुने

रौतहट ९ माघ । रौतहटको दक्षिणी भेगको खेतीयोग्य जमिन सिचाई गर्न जमुनी सिंचाइ आयोजनाको पानी ल्याइएने भएको छ । जमुनी नदिको पानी ६ महिनाभित्र गण्डक नहर

SITENAME

बैकहरुले एटिएम सुविधा विस्तार गरेपछि रौतहटका बासिन्दाहरु हर्षित 

  माघ ८, रौतहट । निजि क्षेत्रमा सञ्चालनमा रहेका बैकहरुले एटिएम सुविधा विस्तार गरि प्रदान गर्ने थालेपछि रौतहटका गा्रमिण भेगका बासिन्दाहरु हर्षित

SITENAME

गुणस्तरहिन सडक र पुल निर्माण हुदै

रौतहट ८ माघ । रौतहटको गौर नगरपालिकाको वडानम्बर ९ र ७ लाई जोड्ने निर्माणाधिन पुल गुणस्तरहिन रहेको आरोप स्थानीयको रहेको छ । उनीहरुले छानबिनको माग समेत