ताजा खबर

स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानको नया कार्यसमिति चयन

SITENAME

रौतहट १ कार्तिक । स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानले आज नया कार्यसमिति चयन गरेको छ । बिजया दशमी, दिपाबली र छठ पर्बको उपलक्ष्यमा आज चन्द्रपुर–७ बनबहुअरीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम गर्नुका साथै नया कार्यसमिति चयन गरेको हो । सो कार्यसमितिमा अध्यक्षमा बिनोदचन्द्र कोईराला, उपाध्यक्षमा देबकी नेपाल, सचिबमा सुबास कोईराला, सहसचिबमा दिल बहादुर बस्नेत, कोषाध्यक्षमा सुबोध कोईराला, सदस्यहरुमा श्याम उप्रेती, केशब वाग्ले, बिष्णुहरी कोईराला, नीलहरी कोईराला, नरेन्द्र चौधरी, देबराज अधिकारी, प्रमोद कोईराला, सपना सिबाकोटी, हरी घिमिरे, जयलाल चौधरी, मानानाथ पराजुली, श्याम फनैत रहेका छन । सो समिति गठन हुनु अघि  आयोजित शुभकामना आदान प्रदान कार्यक्रम लाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि देब प्रसाद तिमल्सिनाले स्वर्गीय राम कुमार कोईरालाले देखाएको बाटोले पछिल्ला पीडिलाई सुमार्गमा लाग्न प्रेरित गरेको बताउनु भयो । माता दुर्गाभबानीले सबैको कल्याण गरुन भन्दै उहाले अब सुखि नेपाली र सम्बृद्ध नेपाल बनाउने क्रममा स्थानीय, प्रदेश र संघिय संसदका प्रतिनिधि लाग्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा प्रदेश सांसद धनलाल ठोकर, चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, अनन्त कोईराला, उद्धब रेग्मि, देबकी नेपाल, चन्द्रपुर नगरपालिका वडानम्बर ७ का अध्यक्ष बिष्णु उप्रेती, संचारकर्मी संजय कार्की, थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य अधिक लाल चौधरी, सुबलाल भागबत माध्यमिक बिद्यालय सन्तपुरका प्राध्यानाध्याप देबानन्द चौधरीले प्रतिष्ठानको बारेमा चर्चा गर्दै आयोजित कार्यक्रममा शुभकामना ब्यक्त गरेका थिए । सो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बिष्णुचन्द्र कोईरालाको सभापतित्वमा भएको थियो भने स्वागत मन्तब्य बिनोदचन्द्र कोईराला र कार्यक्रमको संचालन सुबास कोईरालाले गर्नु भएको थियो । 


 

प्रतिकृया दिनुहोस
SITENAME

मृगौला पीडितको सहयोगको याचना

रौतहट २ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका–५ सुन्दर बस्तिका एक युबकको दुबै मृगौला खराब भएको छ । आर्थीक अबस्था कमजोर भएको २९ बर्षिय अर्जुन मोक्तान

SITENAME

हिमालय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न

रौतहट १ मंसिर । हिमालय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले २६ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभाको चन्द्रपुर नगरपालिका वडानम्बर ५ का

SITENAME

रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको साधारण सभा सम्पन्न

रौतहट १ मंसिर । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडले आज २२ औ साधारण सभा सम्पन्न गरेको छ । अल्पाईन होटलको सभा हलमा भएको साधारण सभाको प्रमुख अतिथि