ताजा खबर

सरकार असफल बन्दै गएको नेपाली काग्रेसका केन्द्रिय सदस्य कोईरालाको भनाई

SITENAME

रौतहट १२ कार्तिक । नेपाली काग्रेसका केन्दिय सदस्य शेखर कोईरालाले बर्तमान सरकार असफल भएको बताउनु भयो । रौतहटको चन्द्रनिगाहपुर स्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाले सो कुरा  बताउनु भएको हो । बुध्दिजीबि परिषद द्धारा आयोजित सो कार्यालयमा सहभागिको तर्फ बाट उठेको जिज्ञासा लाई सम्बोधन गर्ने क्रममा उहाले दुई तिहाईको सरकार भएपनि सरकार बिहिनताको महशुस नेपाली जनताले गर्न थालेको बताउनु भयो । शुसासन, पारदर्शीताको अभाब बढदै गएको महगी र भ्रस्टाचारले चरम सिमा नाघेकै कारण जनताले राहत पाउन नसकेको कारण सरकार प्रति जनबिश्वास घटदै गएको बताउनु भयो । उहाले नेपाली काग्रेस मधेश प्रति स्पष्ट रहेको भन्नु हुदै मधेश नेपालमा हो मधेशी जनता नेपाली हुन र उनीहरुमा राष्ट्रिय भाबना रहेको बताउनु भयो । सो कार्यक्रममा नेपाल काग्रेस बर्दियाका सभापति एबम प्रतिनिधि सभा सदस्य सञ्जय गौतम, नेपाली काग्रेस रौतहटका सभापति कृष्ण यादब, रौतहटको क्षेत्रनम्बर ४ का प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिना, प्रदेशनम्बर २ का प्रदेश सभा सदस्य धनलाल ठोकर, बृन्दाबन नगरपालिकाका प्रमुख रामस्नेही यादब लगायत आफनो धारण राख्नु भएको थियो । सो कार्यक्रममा बुध्दिजीबि परिषद रौतहट शाखाका उपाध्यक्ष ईन्द्रराज अधिकारीले स्वागत मन्तब्य राख्नु भयो । कार्यक्रमको संचालन रामकृपाल यादबले गर्नु भएको थियो भने बुध्दिजीबि परिषद रौतहटका अध्यक्ष ऋषीराम काफलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।                
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी मुडभेडमा एक जनाको मृत्यु

रौतहट ९ माघ । सप्तरीमा बुधबार बिहान प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी नजिकै प्रदेश प्रहरी कार्यालय कार्यालय जनकपुरबाट

SITENAME

पाँच बर्ष देखी फरार अभियुक्त रौतहटमा पक्राउ 

माघ ६, रौतहट । हात हतियार खरखजाना मुद्धामा सजाय पाएर पाँचबर्ष देखी फरार रहेका एकजना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको हरैया घर भएका

SITENAME

आफनै भारीले थिचिएर ओली सरकार सिध्दिने गगन थापा

रौतहट १४ पौष । प्रजातान्त्रिक बिचार केन्द्रले शनीबार बीपि कोईरालाको राजनीतिक एबम साहित्यिक यात्रा बीपी एक ब्यक्तित्व अनेक कार्यक्रम गरेको छ ।