ताजा खबर

जनसेबा नेपालको पाचौ महाधिबेशन सम्पन्न

SITENAME

रौतहट १६ कार्तिक । जनसेवा नेपाल रौतहटको ११ औ साधरण सभा तथा ५ औ महाधिवेशन चन्द्रनिगाहपुर स्थित आर आर गेष्ट हाउसको सभा हलमा सम्पन्न भएको छ । साधरण सभा तथा महाधिवेशनको प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका नगर उपप्रमुख रामरती चौधरीले पानसमा दिपप्रज्वलित गरी उद्घाटन गर्नु भयो । उतm कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले जनसेवा नेपालले समाजिक कार्यमा उल्लेखनिय काम गरेको चर्चा गर्नुभयो । बालबालिका, किशोर किशोरी, महिला तथा खुल्ला दिशामुतm क्षेत्र घोषणा लगायतका क्षेत्रमा जनसेवाले गरेको कार्यको प्रशंसा गर्नु भयो । चन्द्रपुर नगरपालिकाले अगामी दिनमा पनि विभिन्न संघ संस्था संग सहकार्य र समन्वय गरेर अघि बढ्न तयार रहेको उपप्रमुख चौधरीले बताउनुभयो । सफा र सभ्य चन्द्रपुर, हाम्रो चन्द्रपुर राम्रो चन्द्रपुर बनाउन सवैको साथ र सहयोगको आवश्यतmा पर्ने औल्याउनुभयो । कार्यक्रममा चन्द्रपुर नगर कार्यपालिकाको समाजिक विकास सदस्य सरस्वती खुलालले विधि र नीति नहुँदा आफुहरु काम गर्न अलमलमा परेको बताउनुभयो । हरेक कार्यमा गैरसरकारी संस्थाको आवश्यतmा पर्ने बताउनु हुदै आगामी दिनमा नगरपालिकाले समन्वय गरेर अघि बढ्नु पर्ने धारणा राख्नुभयो । महिला सूरक्षा दवाव समुह रौतहटका अध्यक्ष देवकी नेपालले महिला हिंसाका घटना लेनदेनमा विक्रि हुने गरेको भन्दै चिन्ता व्यतm गर्नु भयो । यस्को सरोकारवाला पक्षले खवदारी गर्नु पर्ने आवश्यतmा रहेको उहाले औल्याउनुभयो । यस्तै कार्यक्रममा गुञ्जन एफ एमका स्टेशन मेनेजर संजय कार्कीले नगरपालिकाको न्यायिक समितिलाई विवाद रहित बनाउनु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष भाग्यनारायण महतो, अध्यक्ष कोपिला तिमल्सिना र कोषाध्यक्ष गंगा पाण्डे लगायतले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले गरेका कार्य र अगामी योजनाका बारेमा उतm कार्यक्रममा जानकारी गराईएको थियो । जनसेवा नेपाल रौतहटको अध्यक्ष कोपिला तिमल्सिनाको अध्यक्षतामा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममको संचालन भने मेनुका भारतिले गर्नुभएको थियो । कार्यक्रमको दोस्रो सत्रले गोबिन्द महराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा कोपिला तिमल्सिना, कोषाध्यक्षमा गंगा कुमारी पाण्डे सचिवमा संगिता ठाकुर, सह सचिबमा सोनम चौधरी, सदस्य अशर्फी पंडित र सदस्यमा गोपाल भण्डारी चयन भएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी मुडभेडमा एक जनाको मृत्यु

रौतहट ९ माघ । सप्तरीमा बुधबार बिहान प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी नजिकै प्रदेश प्रहरी कार्यालय कार्यालय जनकपुरबाट

SITENAME

पाँच बर्ष देखी फरार अभियुक्त रौतहटमा पक्राउ 

माघ ६, रौतहट । हात हतियार खरखजाना मुद्धामा सजाय पाएर पाँचबर्ष देखी फरार रहेका एकजना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको हरैया घर भएका

SITENAME

आफनै भारीले थिचिएर ओली सरकार सिध्दिने गगन थापा

रौतहट १४ पौष । प्रजातान्त्रिक बिचार केन्द्रले शनीबार बीपि कोईरालाको राजनीतिक एबम साहित्यिक यात्रा बीपी एक ब्यक्तित्व अनेक कार्यक्रम गरेको छ ।