ताजा खबर

नारी आवाज सहकारीको चौथो साधारण सभा सम्पन्न

SITENAME

रौतहट १७ कार्तिक । श्रीनारी आवाज कृषि सहकारी संस्था लिमिटेड चन्द्रपुरको चौथो साधरण सभा चन्द्रनिगाहपुर स्थित हिमालयन गेष्ट हाउसमा सम्पन्न भएको छ । साधरण सभाको उद्घाटन प्रमुख अतिथी एबम प्रदेश सभा सदस्य धनलाल ठोकरले गर्नुभएको हो । उतm कार्यक्रममा बोल्दै उहाँले आर्थिक निति र जिवन स्तरबृद्धिका लागी सहकाररीले टेवा पुरयाएको बताउनुभयो । उहाँले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहकारीको भुमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । सवैको सहकार्यबाट नै सहकारी संस्था अघि बढ्ने बताउदै सहकारीको हरेक कार्यक्रममा सहभागिता महत्वपूर्ण हुने उहाँको भनाई छ । पछिल्लो समयमा सहकारीमा महिला सदस्यको संख्या बढ्दै गएकोमा खुसी व्यतm गर्दै नारीलाई सक्षम बनाउन यस्ता संस्थाको भुमिका महत्वपुर्ण हुने औल्याउनुभयो । कार्यक्रममा गुञ्जन एफ. एम चन्द्रपुरका स्टेशन प्रवन्धक संजय कार्कीले सहकारीले न्यायिक क्षेत्रको पनि भुमिका निर्वाह गर्नु पर्ने सुझाव दिनुभयो । कार्यक्रममा श्री नारी आवाज कृषि सहकारी संस्थाका सल्लाहकार  प्रमिला उपाध्याय, पत्रकार दिपेश पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष लक्ष्मी बरालले २७ जनाबाट ६७ हजारको पुजीमा २०७१ सालमा सहकारी संस्था दर्ता भएको बताउनुभयो । हाल २ सय ७० जना सेयर सदस्य रहेको र असार मसान्त सम्ममा ४५ लाख र अहिले सम्ममा करिव ७० लाख भन्दा बढि नै पुजी भै सकेको जानकारी दिनुभयो । संस्थाले सेयर सदस्य, बचत तथा सदस्यता शुल्क वृद्धि गरेको उहाँको भनाई छ । संस्थाका अध्यक्ष लक्ष्मी बरालकै अध्यक्षतामा उद्घाटन सत्र समापन भएको हो । बन्द सत्रमा संस्थाले गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरीएको थियो । सो साधारण चुनाबी सत्रले लक्ष्मि बरालको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सपना परियार, सचीवमा रीता दाहाल, कोषाध्यक्षमा साबित्रा खडाका, सदस्यहरुमा  सीता थापा, सरस्वती भट्टराई, दिलमाया राई, भागिरथी रोनियार, मुना देवकोटा चयन भएका छन । यस्तै लेखा समितिको संयोजकमा उमा दाहाल, सदस्यहरुमा नबिना राय र लीला खडक, ऋण उपसमितिको संयोजकमा सीता थापा र सदस्यहरुमा  सीता थापा र शोभिात भट्टराई चयन भएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

मृगौला पीडितको सहयोगको याचना

रौतहट २ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका–५ सुन्दर बस्तिका एक युबकको दुबै मृगौला खराब भएको छ । आर्थीक अबस्था कमजोर भएको २९ बर्षिय अर्जुन मोक्तान

SITENAME

हिमालय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न

रौतहट १ मंसिर । हिमालय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले २६ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभाको चन्द्रपुर नगरपालिका वडानम्बर ५ का

SITENAME

रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको साधारण सभा सम्पन्न

रौतहट १ मंसिर । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडले आज २२ औ साधारण सभा सम्पन्न गरेको छ । अल्पाईन होटलको सभा हलमा भएको साधारण सभाको प्रमुख अतिथि