ताजा खबर

चन्द्रपुर नगरभित्रका सहकारी संस्थाहरुले संगठित संघ दर्ता गर्ने

SITENAME

रौतहट १९ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिका भित्र रहेका सहकारी संस्थाले नगर सहकारी संघ दर्ता गर्ने भएका छन । नेपाल यातायात मजदुर साकोसको चन्द्रपुर–६ मा रहेको सभाहलमा भएको बृहत भेलाले नगर सहकारी संघ दर्ताको प्रकृया थाल्ने निर्णय गरेको हो । चन्द्रपुर नगर सहकारी सञ्जालको अध्यक्ष खडक बहादुर बम्जनको अध्यक्षतामा बसेको फरक प्रकृतीका सहकारी संस्थाले यस्तो निर्णय गरेको हो । यस अघि सञ्जालले संघ दर्ताको लागि बिद्यानको मस्यौदा तयार गरेको र सो मस्यौदाको दफाबार छलफल बाट पास गर्दै चन्द्रपुर नगरपालिकामा दर्ता गर्ने निर्णयमा पुगेको हो । संघको समन्वकारी र आर्थीक कारोबार गर्ने गरी बिद्यान तयार गरेको सहकारी सञ्जालका अध्यक्ष खडक बहादुर बम्जनले बताउनु भयो । तयार भएको बिद्यान यसअघिको सञ्जालको बैठक बाट पास गर्दै बृहत भेलामा पेश गरिएको हो । सो बिद्यानको मस्यौदा अध्यक्ष खडक बहादुर बम्जन, सचिब सञ्जय कार्की र संकल्प  साकोसका अध्यक्ष बिभु पोखरेलले तयार पार्नु भएको हो । नगरसहकारी संघ दर्ता भएपछि नगरभित्रका सहकारी बीच समन्वकारी भुमिका निर्बाह हुने जनाइएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल बैंक लिमिटेड ८२ औँ वर्षमा प्रवेश

कार्तिक ३०, रौतहट । नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले शुक्रबार ८२ औँ वार्षिकोत्सव मनाएको छ ।  नेपाल बैक चन्द्रपुर शाखाले पनि विभिन्न

SITENAME

जनसेबा नेपालको पाचौ महाधिबेशन सम्पन्न

रौतहट १६ कार्तिक । जनसेवा नेपाल रौतहटको ११ औ साधरण सभा तथा ५ औ महाधिवेशन चन्द्रनिगाहपुर स्थित आर आर गेष्ट हाउसको सभा हलमा सम्पन्न भएको छ । साधरण सभा तथा

SITENAME

रौतहटमा दुई युबकको शब भेटियो

रौतहट १५ कार्तिक । रौतहटको अलग दुई स्थानमा दुई जनाको शब भेटिएको छ । पहिचान खुल्न नसकेको ती दुई जनाको शब गरुडा नगरपालिका र माधोपुर नगरपालिकाकाको