ताजा खबर

चन्द्रपुर नगरभित्रका सहकारी संस्थाहरुले संगठित संघ दर्ता गर्ने

SITENAME

रौतहट १९ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिका भित्र रहेका सहकारी संस्थाले नगर सहकारी संघ दर्ता गर्ने भएका छन । नेपाल यातायात मजदुर साकोसको चन्द्रपुर–६ मा रहेको सभाहलमा भएको बृहत भेलाले नगर सहकारी संघ दर्ताको प्रकृया थाल्ने निर्णय गरेको हो । चन्द्रपुर नगर सहकारी सञ्जालको अध्यक्ष खडक बहादुर बम्जनको अध्यक्षतामा बसेको फरक प्रकृतीका सहकारी संस्थाले यस्तो निर्णय गरेको हो । यस अघि सञ्जालले संघ दर्ताको लागि बिद्यानको मस्यौदा तयार गरेको र सो मस्यौदाको दफाबार छलफल बाट पास गर्दै चन्द्रपुर नगरपालिकामा दर्ता गर्ने निर्णयमा पुगेको हो । संघको समन्वकारी र आर्थीक कारोबार गर्ने गरी बिद्यान तयार गरेको सहकारी सञ्जालका अध्यक्ष खडक बहादुर बम्जनले बताउनु भयो । तयार भएको बिद्यान यसअघिको सञ्जालको बैठक बाट पास गर्दै बृहत भेलामा पेश गरिएको हो । सो बिद्यानको मस्यौदा अध्यक्ष खडक बहादुर बम्जन, सचिब सञ्जय कार्की र संकल्प  साकोसका अध्यक्ष बिभु पोखरेलले तयार पार्नु भएको हो । नगरसहकारी संघ दर्ता भएपछि नगरभित्रका सहकारी बीच समन्वकारी भुमिका निर्बाह हुने जनाइएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी मुडभेडमा एक जनाको मृत्यु

रौतहट ९ माघ । सप्तरीमा बुधबार बिहान प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी नजिकै प्रदेश प्रहरी कार्यालय कार्यालय जनकपुरबाट

SITENAME

पाँच बर्ष देखी फरार अभियुक्त रौतहटमा पक्राउ 

माघ ६, रौतहट । हात हतियार खरखजाना मुद्धामा सजाय पाएर पाँचबर्ष देखी फरार रहेका एकजना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको हरैया घर भएका

SITENAME

आफनै भारीले थिचिएर ओली सरकार सिध्दिने गगन थापा

रौतहट १४ पौष । प्रजातान्त्रिक बिचार केन्द्रले शनीबार बीपि कोईरालाको राजनीतिक एबम साहित्यिक यात्रा बीपी एक ब्यक्तित्व अनेक कार्यक्रम गरेको छ ।