ताजा खबर

सस्कृत जोगाउन देउसी भैली

SITENAME

रौतहट २२ कार्तिक । संस्कृति जर्गना गर्ने उदेश्यले रौतहटको चन्द्रनिगाहपुरमा परम्परातत तरिकाले आज देउसी भैलो खेलिएको छ । संस्कृतिको जगेर्ना गर्ने उदेश्यले युवा तथा बृद्धाहरुले चन्द्रपुर बजारमा देउसी भैलो खेलेका हुन् । चन्द्रनिगाहपुर राजमार्गमा खेलिएको देउसी भैलोले आफनो संस्कृतिलाई जोगाउने सहभागीहरु बताएका छन् । देउसी भैलोले तिहारको रौनकनै छुट्टै बनाउने र तिहारको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । दाजु भाइ तथा दिदीबहिनीको सम्बध प्रगाढ बनाउने चाडको रुपमा मनाइने तिहारलाई देउसी भैलोले झनै रौनक थपिदिने भएकाले देउसी भैलो तिहारको आकर्षण मानिन्छ । गाउँ गाउँ घर घर डुलेर तिहारका अवसरमा देउसी भैलो खेल्ने र रमाइलो गर्ने परम्परा समाजमा वैदिक कालदेखि नै शुरु भएको मानिन्छ । वैदिक कालमा बली राजाले भगवान विष्णुलाई खुशी पारी यमपञ्चकभर स्वर्ग, मत्र्य र पाताल तीनै लोकमा राज्यभोग गरेको सन्दर्भमा उनैको आज्ञा अनुसार घर घरमा पुगेर देसी भैलो खेल्ने चलन चलेको चन्द्रपुरका युवा भरत आचार्यले बताउनुभयो । त्यसैले तिहारमा खेलिने देउसी भैलोको महत्व ठूलो भए पनि हिजो आज केबल मनोरञ्जनको रुपमा हर्ने थालिएको छ । यसको महत्व नयाँ पुस्ताले बुझ्न नसक्दा र पुरानो पुस्ताले सिकाउन नसक्दा यो विकृत बन्दै गएको छ । देउसी भैलो खेल्दा भट्याइने शब्दहरु पनि हिजो आज विकृत बन्दै गएको छ । अघिल्लो पुस्ताले आफुसंग भएका कुरा नयाँ पुस्तालाई सिकायो भने मात्र संस्कृतिले निरन्तरता पाउने भएकाले देउसी भैलो कार्यक्रममा सहभागी भएको स्थानीय बालमुकुन्द कार्कीको भनाई रहेको छ । तर हाम्रो समाजमा संस्कृति सिकाउने कुरा कम भएको पाईएकाले पहिले सस्कृती जर्गेना गर्न देउसी भैलो खेलेको उनीहरु बताँउछन् । तिहारमा खेलिने देउसी भैलोले अहिले टोल टोल र गाउँ गाउँ गुञ्जिरहेको छ । तर हिजो आजको देउसी भैलो विकृत बन्दै गएकोमा संस्कृति प्रेमीहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् । परम्परागत देउसी भैलो लोप हुने अवस्थामा पुगेकोले यसलाई फेरि जीवन्त बनाउन जरुरी रहेको रहेको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

मृगौला पीडितको सहयोगको याचना

रौतहट २ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका–५ सुन्दर बस्तिका एक युबकको दुबै मृगौला खराब भएको छ । आर्थीक अबस्था कमजोर भएको २९ बर्षिय अर्जुन मोक्तान

SITENAME

हिमालय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न

रौतहट १ मंसिर । हिमालय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले २६ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभाको चन्द्रपुर नगरपालिका वडानम्बर ५ का

SITENAME

रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको साधारण सभा सम्पन्न

रौतहट १ मंसिर । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडले आज २२ औ साधारण सभा सम्पन्न गरेको छ । अल्पाईन होटलको सभा हलमा भएको साधारण सभाको प्रमुख अतिथि