ताजा खबर

छठघाटमा पुग्दै शुभकामना आदान प्रदान गर्दै

SITENAME

रौतहट २७ कार्तिक । छठ पर्बको महत्व पछिल्ला दिनमा बढेको छ । कुनै समुदायले मात्र मान्दै आएको छठ पर्ब पछिल्ला दिनमा गैरमधेशी र मुस्लिम समुदायका बासिन्दाले समेत मान्न थालेका छन । रौतहट लगायत देशभरमै छठ पर्बको लागि पोखरी, तलाउ, नदिका छठघाटको लागि सिगारेर छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने र चौथो दिन सप्तमीमा उदाउँदो सूर्यलाई अघ्र्य दिएर मान्ने गरिएको छ । यसबीच रौतहट क्षेत्र नम्वर ४ का प्रतिनिधी सभा सदस्य देव प्रसाद तिमल्सिनाले आफ्नो क्षेत्रमा रहेको बिभिन्न छठघाटहरुमा पुगेर ब्रतालु संगै पुजा आराधाना गरेका छन । उनले चन्द्रपुर, गढीमाइ, बृन्दाबन, गरुडा नगरपालिकाको ५० भन्दा बढी छठघाटमा पुगेका हुन । छटघाटमा पुग्दै प्रतिनिधि सभा सदस्य तिमल्सिनाले पुजाअर्चना गर्दै ब्रतालु संग शुभ कामना आदान प्रदान गरेको नेपाली काग्रेसका जिल्ला समिति सदस्य सुमन गौतमले बताउनु भयो ।  प्रतिनिधि सभा सदस्य तिमल्सिना संगै बृन्दाबन नगरपालिकामा नगर प्रमुख रामस्नेही राय यादब र वडाअध्यक्षले समेत आफनो नगरभित्रको छठघाटमा पुगेर पुजाआराधाना गर्नुका साथै शुभकामना आदान प्रदान गर्नु भएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी द्धारा बरामद घरेलु मदिरा नष्ट

रौतहट ४ पौष । रौतहट प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्र बाट उत्पादन गरिएको घरेलु मदिरा ब्यबसायिक

SITENAME

स्थानीय तहका कर्मचारी आन्दोलित, सेबाग्रही मर्कामा

रौतहट ३ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाका कर्मचारीले आज काम काज ठप्प पारेका छन । सरकार द्धारा जारी कर्मचारी समायोजन अध्यादेशले असमान ब्यबहार गरेको

SITENAME

चन्द्रोदय द्धारा रक्तदानको आयोजना

रौतहट २ पौष । रौतहटको चन्द्रनिगाहपुरमा आज रक्तदान भएको छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । सो