ताजा खबर

रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको साधारण सभा सम्पन्न

SITENAME

रौतहट १ मंसिर । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडले आज २२ औ साधारण सभा सम्पन्न गरेको छ । अल्पाईन होटलको सभा हलमा भएको साधारण सभाको प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरती चौधरीले सभाको उदघाटन गर्नु भएको थियो । उदघाटन गर्नु हुदै उहाले संघको नीयमित बार्षिक साधारण सभाको सफलताको शुभकामना दिनु हुदै यसक्षेत्रका नागरिकको जीबनस्तर उकास्न संघले खेलेको महत्वपुर्ण भुमिकाको प्रंशसा गर्नु भयो । सो कार्यक्रममा अध्यक्ष खडक बहादुुर बम्जनले संघले प्राकृतिक प्रकोप, बस्ती डुवान हुदा भएको जनधनको क्षतीमा समेत राहत सहयोग पुरयाएको बताउनु भयो । आगामी दिनमा संघमा आबद्ध साकोस लाई एकिकरण गर्नका निम्ति एकरुपता प्रणाली ल्याउन पहल गर्ने, र सहकारी संस्थाहरुको दिगो बिकासगरी शेयर सदस्यहरु लाई गुणस्तरीय सेबा प्रदान गर्न पुर्ण तथा ब्यबसायिक साकोस बिकास कार्यक्रममा जान आबद्ध सबै संस्था लाई पहल गर्ने नीति अबलम्बन गर्ने अध्यक्ष तामाङ्गले बताउनु भयो ।  सो कार्यक्रममा महासचिब ठाकुर प्रसाद उपाध्यायले संघले संस्थाहरुमा शुसासन कायम गर्ने, सहकारी संस्था लाई प्रशिक्षण दिने, तालिम गोष्ठि जस्ता कार्यक्रम गर्दै आइएको बताउनु भयो । संघले आर्थीक बर्ष ०७५÷७६ को लागि ४० लाख ३८ हजार ८ सय १४ रुपैयाको प्रस्ताबित बजेट पारित गरेको छ । लेखा सुपरिक्षण समितिका संयोजक दिपक घिमिरेले लेखा प्रतिबेदन पेश गर्नु थियो । सो कार्यक्रममा ध्रुब कोईराला, शिब कोईराला, जगनाथ पाल, लक्ष्मि बराल, सञ्जय कार्की लगायतले साधारण सभाको सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा उपाध्यक्ष बिभु पोखरेलले स्वागत मन्तब्य राख्नु भएको थियो भने नरेन्द्र रानाले कार्यक्रमको संचालन गनुर्् भएको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी द्धारा बरामद घरेलु मदिरा नष्ट

रौतहट ४ पौष । रौतहट प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्र बाट उत्पादन गरिएको घरेलु मदिरा ब्यबसायिक

SITENAME

स्थानीय तहका कर्मचारी आन्दोलित, सेबाग्रही मर्कामा

रौतहट ३ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाका कर्मचारीले आज काम काज ठप्प पारेका छन । सरकार द्धारा जारी कर्मचारी समायोजन अध्यादेशले असमान ब्यबहार गरेको

SITENAME

चन्द्रोदय द्धारा रक्तदानको आयोजना

रौतहट २ पौष । रौतहटको चन्द्रनिगाहपुरमा आज रक्तदान भएको छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । सो