ताजा खबर

हिमालय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न

SITENAME

रौतहट १ मंसिर । हिमालय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले २६ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभाको चन्द्रपुर नगरपालिका वडानम्बर ५ का अध्यक्ष सञ्जय काफलेले उदघाटन गर्नु हुदै सहकारी मार्फत दिगो बिकास र नागरिकको जीबनस्तर उकास्न सक्ने भएकाले आगामी दिनमा सहकारी संस्था संग हातेमालो गरेर अघि बढने बताउनु भयो । सो कार्यक्रमका बिशिष्ट अतिथि चन्द्रपुर नगर सहकारी सञ्जालका सचिब संजय कार्कीले दुग्ध सहकारी संस्थाले रोजगारमुलक र उत्पादन क्षेत्रमा लगानी बढाउनु पर्ने बताउुन भयो । सो कार्यक्रममा अध्यक्ष श्रीकृष्ण अधिकारीले आफै मालिक भएको ब्यबसायमा हामी कारोबार गर्दैनौ र हाम्रो श्रम र पसिनाको उत्पादन अन्य ब्यबसायीहरु लाई बुझाउछौ भने भबिष्यमा हामी रितै र त्यो ब्यबसायी धनी हुने बताउनु भयो । त्यसैले सम्पुर्ण सदस्य संस्था केन्द्रित भई दुग्धजन्य कारोबार गर्न आग्रह गर्नु भयो ।  लेखा सुपरिबेक्षण समितिका संयोजक किसोरी उपाध्यायले संस्थाको आय ब्यय बिबरण प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा उहाले संस्थाको कोषमा ४ लाख ७५ हजार ८ सय १४ रुपैया रहेको र चुक्ता शेयर पुजी ४२ हजार ७ सय रुपैया रहेको जानकारी दिनु भयो । सो कार्यक्रममा गुणस्तरीय दुग्ध बिक्री गर्ने गायत्री गौतम, धरै दुग्ध बिक्री गर्ने मधु पौडेल र सफा दुग्ध बिक्री गर्ने राम प्रसाद धिताल लाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको संचालन राम प्रसाद धितालले गर्नु भएको थियो ।


 

प्रतिकृया दिनुहोस
SITENAME

प्रजातन्त्र दिवसको दिन रौतहटमा बाडियो राष्ट्रिय झण्डा

रौतहट ७ फाल्गुण । निजी विद्यालयहरुको छाता सँगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल रौतहट प्याबसनले आज ६८ औं प्रजातन्त्र दिवस बिबिध

SITENAME

समयमै निर्माण हुन नसकेको पुलको सासंद झा द्धारा निरिक्षण

प्रभातकुमार झा रौतहट, ६ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा रौतहट क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य अनिलकुमार झाले

SITENAME

प्रदेशनम्बर २ का बिकास समितका सभापति लाई स्थानीयको स्वागत

रौतहट ५ फाल्गुण । प्रदेशनम्बर २ को बिकास समितिको सभापतिमा चयन भएपछि अबुल कलाम आजाद फुलबाबुको भब्य स्वागत भएको छ ।  प्रदेश २ को राजधानी जनकपुर बाट आफनो