ताजा खबर

रौतहटको थारु समुदायका महिला समाचकेवा पर्ब मनाउदै

SITENAME

रौतहट ३ कार्तिक । प्रमुख पर्ब सकिएसंगै रौतहट लगायत तराईका जिल्लामा थारु समुदायका महिलाहरुले समाचकेवा पर्ब मनाउन थालेका छन । दाजु भाईको दिघार्युको कामना गर्दै दिदि बहिनीले साझको समयमा गाउँको बाहिर खुल्ला स्थानमा एकत्रित भई सामाचकेवा सम्बन्धी गीत गाउदै यो पर्ब मनाउने गर्दछन । खास गरी यो पर्बमा ‘सामा’ र ‘चकेवा’ नाम गरेका दुई वटा मुख्य पात्र अनि समाजमा चुक्ली लगाउने अर्को एउटा पात्र लाई लिएर पर्ब मनाईने गरिएको छ । तीन वटै पात्र लाई प्रतिकको रुपमा बनाइएको माटोको मुर्ति लाई बासको टोकरीमा राखेर थारु समुदायको महिलाले दाजुभाईको प्रशंसा गर्दै गीत गाउने र चुकुली लगाउने पात्र लाई गाली गरिने गरेको भनाई रहेको छ । भाइटीकाको भोलिपल्ट देखि कात्तिक पूर्णिमासम्म मनाइने यो पर्वले तराईमा छुट्टै रौनक दिने गरेको छ ।  दिदीबहिनीहरुले माटोका विभिन्न मुर्तीहरु समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृती बनाएर खेल्न गरेको स्थानीय बिनोद चौधरीले बताउनु भयो । द्धापरयुगका भगवान श्रीकृष्णको श्राप बाट चरा बनेकी छोरी सामा लाई दाजु साम्बले कठोर तपस्या गरी आफनी बहिनी सामालाई मानबजीबनमा फर्काएको पौराणिक मान्यताअनुसार यो पर्ब मनाईदै आएको हो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

आर्थीक बर्ष सकिएको ६ महिनामा पनि पाच तहले नगरसभा गरेनन

रौतहट २ पौष । रौतहटका पाँच स्थानीय तहले दोस्रो नगर सभा गर्न सकेका छैनन । नगरसभा गरेका स्थानीय तहले भने बिकासको गति दिन सकेका छैनन । जनप्रतिनिधिहरुमा

SITENAME

प्रदेश २ मा नेकपाको प्रदेश कमिटीको सपथ ग्रहण

  प्रदेश २ मा नेकपाका प्रदेश सदस्यहरुको सपथ ग्रहण  मंसिर २७, रौतहट । नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले पछिल्लो समय प्रदेश दुई

SITENAME

गत आर्थीक बर्षमा चन्द्रपुर नगरपालिकाको अधिकास योजनामा अनियमिता

रौतहट २४ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकाका अधिकास योजनामा अनियमितता भएको छानबिन समितिको प्रतिबेदनले औल्याएको छ । सफा र सभ्य चन्द्रपुर हाम्रो