ताजा खबर

कटहिरया नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा

SITENAME

रौतहट १० मंसिर । बिद्याल बन्द गराएर रौतहटको कटहरिया नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरीएको छ । खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुनेमा कटहरिया नगरपालिका ११ औमा परेको छ । कटहरिया नगरपालिका– ५ स्थित जनता माध्यमिक बिद्यालयको प्राङ्गणमा आयोजित एक समारोह बिच कार्यक्रमका प्रमुख अतिथी क्षेत्र नम्बर ३ प्रदेश ख का सांसद कुन्दन कुश्वाहाले कटहरिया नगरपालिका लाई खुल्ला दिशामुक्त नगरपालिका घोषणा गर्नु भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापती रामएकवाल यादव, कटहरिया नगरपालिकाकी उपप्रमुख नुरजहाँ खातुन, लगायत नगरपालिकाका कार्यकारी प्रमुख उदय देवकोटा, आयोजक संस्था आरडिसीका बिजय साह, लगायतको आतिथ्यता रहेको थियो । यस अघि जिल्लाको ,राजपुर, चन्द्रपुर, राजपुर, माधव नारायण, गढीमाई, मौलापुर, ईशनाथ, राजदेवी, यमुनामाई, लगायत ११ वटा स्थानीय तह खुल्ला दिशामुक्त घोषणा भईसकेको छ । सदरमुकाम गौर, बृन्दाबन, बौधीमाई, फतुवा बिजयपुर, लगायत ७ वटा हुन पालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको जनाइएको छ । बिद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको भएपनि जनप्रतिनिधिहरु बाटनै उल्लघन हुने गरेको छ । यसपटक रौतहटमा भने यस्तै भएको छ । कटहरिया नगरपालिका लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने नाममा जनता माध्यमिक बिद्यालय बन्द गराइएको छ ।  पुर्व निर्धारित कार्यक्रम अनुसार गैरसरकारी संस्था आरडिसीको आयोजनामा भएको घोषणा कार्यक्रममा बिद्यालय बन्द गरीएको अभिभावकहरुको भनाई रहेको छ । समाजसेवी जयमंगल साहले भने बिभिन्न बहानामा बिद्यालय बन्द गरेर बिधार्थीको भबिस्य माथि खेलवाड गर्नु आपती रहेको बताउनु भयो । बिद्यालयका प्रधानाध्यापक चुल्हाई यादवले कटहरिया नगरपालिकाको अनुरोधमा आईतवार बिधार्थी लाई सुचना दिएर बिद्यालय बन्द गरिएको बताउनु भयो । रौतहट स्थित स्थानिय तहहरुमा पुर्णरुपमा शौचालय निर्माण हुन न सकेपनी हँचुवाको भरमा खुल्ला दिशामुक्त घोषणा भईरहेको स्थानियहरुले गुनासो गरेका छन 


 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी द्धारा बरामद घरेलु मदिरा नष्ट

रौतहट ४ पौष । रौतहट प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्र बाट उत्पादन गरिएको घरेलु मदिरा ब्यबसायिक

SITENAME

स्थानीय तहका कर्मचारी आन्दोलित, सेबाग्रही मर्कामा

रौतहट ३ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाका कर्मचारीले आज काम काज ठप्प पारेका छन । सरकार द्धारा जारी कर्मचारी समायोजन अध्यादेशले असमान ब्यबहार गरेको

SITENAME

चन्द्रोदय द्धारा रक्तदानको आयोजना

रौतहट २ पौष । रौतहटको चन्द्रनिगाहपुरमा आज रक्तदान भएको छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । सो