ताजा खबर

स्मार्ट सिटी अन्तर्गत दुई ठुला सडकमा लगानी हुदै

SITENAME

रौतहट १५ मंसिर । रौतहटको चन्द्रपुर नगरक्षेत्र लाई स्मार्ट सिटीको रुपमा बिकास गर्न दुई वटा सडक र पर्यटकिय क्षेत्रमा लगानी हुदैछ । यस्को लागि बजेट बिनियोजन भएको जनाइएको छ । चन्द्रपुर नगरपालिकामा पर्ने जुडीवेला, फुलवारी, नेवारटोल, रैयाटोल, ब्रम्हस्थान, पौराइ नुनथर जोड्ने सडक तथा चादी पुल देखी टेकान बसपार्क हुदै गैडाटार जाने बाटो को प्राबिधीकको टोलीले अध्यन गरिसकेको छ । यस्तै नुनथर, ब्रम्हस्थान, शहिद पार्क, डाबरी, कोटीहोम, नजरपुर र मरधर सिमसार लाइ जोडिने गरी धार्मिक तथा पर्यटकिय स्थलको बिकास गर्न लागिएको छ । दिर्घकालिनरुपमा नगर लाई स्मार्टसिटी बनाउन बिभिन्न चरणमा छलफल र प्रतिबेदन बनाउने काम भैरहेको छ । नेकपाका केन्द्रिय सदस्य युबराज भट्टराईले नगरको बिकास लागि योजना सहित अघि बढन आबश्यक रहेको बताउनु भयो । स्मार्टसिटी बनाउन परामर्शदाताले बिभिन्न चरणमा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनधीहरु, कर्मचारी, स्थानीय सामाजीक अगुवा तथा अभियान्ताहरु, व्यपारीहरु राय संकलन गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी द्धारा बरामद घरेलु मदिरा नष्ट

रौतहट ४ पौष । रौतहट प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्र बाट उत्पादन गरिएको घरेलु मदिरा ब्यबसायिक

SITENAME

स्थानीय तहका कर्मचारी आन्दोलित, सेबाग्रही मर्कामा

रौतहट ३ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाका कर्मचारीले आज काम काज ठप्प पारेका छन । सरकार द्धारा जारी कर्मचारी समायोजन अध्यादेशले असमान ब्यबहार गरेको

SITENAME

चन्द्रोदय द्धारा रक्तदानको आयोजना

रौतहट २ पौष । रौतहटको चन्द्रनिगाहपुरमा आज रक्तदान भएको छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । सो