ताजा खबर

बिबिध कार्यक्रम गरी अन्तराष्ट्रिय अपांगता दिवस मनाइयो

SITENAME

रौतहट १७ मंसिर । ‘अपांगता भएका व्यक्तिको सशक्तीकरण तथा समावेशिता र समानताको सुनिश्चितता’ भन्ने मूल अन्तराष्ट्रिय नारा तथा ‘मलाई गणना गर, समावेश गर’ भन्ने राष्ट्रिय नाराका साथ आज २७ औं अन्तर्रा्ष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । रौतहट नेत्रज्योती संघले चन्द्रपुर नगरपालिकाको सहयोगमा आज कार्यक्रम गरेको छ । बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित संघले आज चन्द्रनिगाहपुरको राजमार्ग परिक्रमा गर्दै श्रीराधा कृष्ण मंन्दिरको प्राङ्गणमा कार्यक्रम गरेको हो । सो कार्यक्रममा रौतहट नेत्रज्योती संघका अध्यक्ष हरि मिश्र, जन्ज्योती बहुमुखी क्याम्पसका अध्यक्ष सहित नगरपालिकाका कर्मचारीको आतिथ्यता रहेको थियो । संयुक्त राष्ट्र संघले सन् १९८१ लाइ अन्तराष्ट्रिय अपांगता वर्षका रुपमा घोषणा गरेको थियो । त्यसपछि सन् १९९२ बाट हरेक वर्ष डिसेम्बर ३ तारिखलाई अपांगता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो । नेपालमा चने सन् २०१३ बाट यो दिवस मनाउन थालिएको हो । नेपालमा करिब ५ लाख अपांगता भएका व्यक्ति रहेको राष्ट्रिय जनगणनाले देखाएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी द्धारा बरामद घरेलु मदिरा नष्ट

रौतहट ४ पौष । रौतहट प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्र बाट उत्पादन गरिएको घरेलु मदिरा ब्यबसायिक

SITENAME

स्थानीय तहका कर्मचारी आन्दोलित, सेबाग्रही मर्कामा

रौतहट ३ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाका कर्मचारीले आज काम काज ठप्प पारेका छन । सरकार द्धारा जारी कर्मचारी समायोजन अध्यादेशले असमान ब्यबहार गरेको

SITENAME

चन्द्रोदय द्धारा रक्तदानको आयोजना

रौतहट २ पौष । रौतहटको चन्द्रनिगाहपुरमा आज रक्तदान भएको छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । सो