ताजा खबर

गत आर्थीक बर्षमा चन्द्रपुर नगरपालिकाको अधिकास योजनामा अनियमिता

SITENAME

रौतहट २४ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकाका अधिकास योजनामा अनियमितता भएको छानबिन समितिको प्रतिबेदनले औल्याएको छ । सफा र सभ्य चन्द्रपुर हाम्रो चन्द्रपुर राम्रो चन्द्रपुर बनाउने उदेश्यका साथ तय भएको नारा अनुसार नगरपालिकाले काम गर्न नसकेको प्रतिबेदनको ठम्याई रहेको छ । आर्थीक बर्ष ०७४÷७५ मा चन्द्रपुर नगरपालिकाले योजनामा गरेको खर्च सम्बन्धमा छानबिन गर्न गठित जङ्ग बहादुर घलानको संयोजकत्वको समितिले अधिकास योजनाको निर्माण गुणस्तरहीन, कमसल, लागत दर भन्दा फरक, निर्माण नगरी कनै भुक्तानी जस्ता कुराले अनियमतिता भएको ठहर गरेको छ । नगरसभाका सदस्यहरुको उपश्थितमा सोमबार संयोजक घलानले सार्बजनिक गरेको प्रतिबेदनमा नगरसभा बाट पारित भएका एक हजार बढि योजना मध्ये अधिकास योजनामा अनियमितता भएको आरोप रहेको छ । सो  समितिको प्रतिबेदनमा निर्बाचित वडा अध्यक्षहरुले सदस्यहरु सहितको बैठक नराखी बजेटहरु खर्च गरेको, सार्बजनिक सुनवाई नगरेको, आम्दानी तथा खर्चको बिबरण सार्बजनिक नगरेको, नगरसभा बाट बिनियोजित भएका शिर्षकहरु भन्दा अन्य शिर्षकमा मनोमानी ढङ्गले खर्च गरेको औल्याइएको छ । समितिको प्रतिबेदनमा शहिद पार्कमा निर्माण गरेको पोखरीमा लागत रकम कम गरेको, वडानम्बर १ को पौराई ब्रम्हस्थानको पर्खाल निर्माण गर्दा सोही मंन्दिरको स्वामित्वमा रहेको पहिलेकै ढुङ्गा प्रयोग गरिएपनि भुक्तानी नया ढुङ्गाको भएको, वडानम्बर ७ मा माथिल्लो चौधरी टोलको पोखरी मर्मत कार्यमा अनियममितता भएको, वडानम्बर ७, ९ र १० मा चर्पी निर्माणको लागि रिङ्ग खरिदमा अनियमितता भएको, वडानम्बर ५ को मुस्लिमटोलमा नाला र बाटो स्तर उन्नतीको कार्यको लागि पाँच लाख बिनियोजन भएकोमा बाटो मर्मत नगरि पुर्णरुपमा नाला सफा नगरी रकम अनियमितता गरेको, वडानम्बर ३ को गैडाटार कालापानी पर्यटकिय क्षेत्रमा भबन निर्माणको लागि ११ लाख र पोखरी निर्माणमा ५ लाखमा पुरानै पोखरी देखाएर रकम हिनामिना गरेको, वडानम्बर ४ को मुस्लिमटोलको सडक ग्रयाबेलमा ५७ हजार ५ सय खर्च भएकोमा १ लाख ३० हजार देखाई भुक्तानी गरेको, युनिसेफको सहयोगमा संचालित किसोरी शिक्षा कार्यक्रममा अनियमितता गरेको, वडानम्बर ६ मा डाबरी पानी मुहान संरक्षणमा अनियमितता भएको लगायत अधिकास योजनामा अनियमिता भएको प्रतिबेदनले औल्याएको छ । प्रतिबेदन सार्बजनिक गर्दै संयोजक घलानले यस्को उचित छानबिन गरी अनियमिता गर्ने जोकोही लाई कारबाही गर्नु पर्ने बताउनु भयो । ,,

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी मुडभेडमा एक जनाको मृत्यु

रौतहट ९ माघ । सप्तरीमा बुधबार बिहान प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी नजिकै प्रदेश प्रहरी कार्यालय कार्यालय जनकपुरबाट

SITENAME

पाँच बर्ष देखी फरार अभियुक्त रौतहटमा पक्राउ 

माघ ६, रौतहट । हात हतियार खरखजाना मुद्धामा सजाय पाएर पाँचबर्ष देखी फरार रहेका एकजना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको हरैया घर भएका

SITENAME

आफनै भारीले थिचिएर ओली सरकार सिध्दिने गगन थापा

रौतहट १४ पौष । प्रजातान्त्रिक बिचार केन्द्रले शनीबार बीपि कोईरालाको राजनीतिक एबम साहित्यिक यात्रा बीपी एक ब्यक्तित्व अनेक कार्यक्रम गरेको छ ।