ताजा खबर

प्रदेश २ मा नेकपाको प्रदेश कमिटीको सपथ ग्रहण

SITENAME


 
प्रदेश २ मा नेकपाका प्रदेश सदस्यहरुको सपथ ग्रहण 
मंसिर २७, रौतहट । नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले पछिल्लो समय प्रदेश दुई प्रतिक्रियावादी र विदेशीको क्रिडा स्थल बनेका कारण जटिल समस्या उत्पन्न हुदै गएको बताउनुभएको छ । प्रदेश २ यतीबेला बिदेशी शत्तिको चलखेलको केन्द्र बनेको बताउदै नेता मण्डले त्यसको रोकथामका लागि नेकपाले कदम चाल्ने बताउनुभएको हो । बिहिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित प्रदेश सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दे मण्डलले प्रदेश २ मा अवको दिनमा कम्युनिष्टको एकल सरकार बनाउनका लागि लागि गर्न सम्पुर्ण प्रदेश सदस्यहरुलाई निर्देशन दिनुभएको थियो ।

प्रदेश नं २ बाहिरबाट देख्नका लागि र आवत जावतका लागि सजिलो देखिएतापनि वास्तविक रुपमा यो प्रदेशको अवस्था विकट कर्णाली प्रदेशको भन्दा नाजुक रहेको उहाँले बताउनुभएको हो । भर्खरै नेकपाको प्रदेश कमिटि बनेको र अव चाडै जिल्ला तथा स्थानीय कमिटि बनाउनका लागि आफ्नोे पार्टीले पहल थाल्ने उहाँले बताउनुभयो । सपथ ग्रहण कार्याक्रममा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले देश लाईनै नेतृत्व प्रदान गर्न सक्ने क्षमता प्रदेश २ मा रहेका कारण नयाँ प्रदेश सदस्यले तल्लो स्तर सम्म हुने विकास निर्माणको कामको लेखा जोखा गरेर प्रदेश २ लाई भ्रष्टचार मुक्त बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बद्री न्यौपाने ,युवराज भट्टराई ,प्रदेश सचिव सुमन प्याकुरेल ,सह ईन्चार्ज विस्वनाथ साह लगाएतले आ आफ्नो भनाइ राखेका थिए । प्रदेश २ का बिभिन्न जिल्लाबाट प्रदेश कमिटिमा परेकाहरुलाई प्रदेश अध्यक्ष प्रभु साहले सपथ खुवाएका थिए । नेकपाको प्रदेश बैठकले जनकपुर पार्टीको प्रदेश कार्यालय भवन निर्माणको काम तत्कालै थाल्ने निर्णय समेत गरेको केन्द्रीय सदस्य युवराज भट्टराईले जानकारी दिनुभएको छ ।,,,,,,,,,,,,,,,,,

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी मुडभेडमा एक जनाको मृत्यु

रौतहट ९ माघ । सप्तरीमा बुधबार बिहान प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी नजिकै प्रदेश प्रहरी कार्यालय कार्यालय जनकपुरबाट

SITENAME

पाँच बर्ष देखी फरार अभियुक्त रौतहटमा पक्राउ 

माघ ६, रौतहट । हात हतियार खरखजाना मुद्धामा सजाय पाएर पाँचबर्ष देखी फरार रहेका एकजना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको हरैया घर भएका

SITENAME

आफनै भारीले थिचिएर ओली सरकार सिध्दिने गगन थापा

रौतहट १४ पौष । प्रजातान्त्रिक बिचार केन्द्रले शनीबार बीपि कोईरालाको राजनीतिक एबम साहित्यिक यात्रा बीपी एक ब्यक्तित्व अनेक कार्यक्रम गरेको छ ।