ताजा खबर

आर्थीक बर्ष सकिएको ६ महिनामा पनि पाच तहले नगरसभा गरेनन

SITENAME

रौतहट २ पौष । रौतहटका पाँच स्थानीय तहले दोस्रो नगर सभा गर्न सकेका छैनन । नगरसभा गरेका स्थानीय तहले भने बिकासको गति दिन सकेका छैनन । जनप्रतिनिधिहरुमा बिलासिता मोहका कारण बिकास निर्माणमा ध्यान पुग्न नसकेको हो । वडाअध्यक्ष देखि नगर प्रमुख सम्मले मोटरसाईकल देखि चार पाङ्ग्रे गाडी चढने मोहका कारण बिकास निर्माणको कार्य सुस्ताएको छ । जनप्रतिनिधि चयन भएपनि नागरिकले बिकासको अनुभति गर्न सकेका छैनन । आर्थीक बर्षको ६ महिना बितिसक्दा समेत नगरसभा गर्न नसक्ने गुजरा, फतुवा विजयपुर, कटहरिया, बौधीमाई, र देवाही गोनाही नगरपालिका रहेको जनाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो नगर सभाबाट पास भएका नीति तथा कार्यक्रमलाई विनियोजित रकम खर्चेर दोस्रो नगरसभा भने असार मशान्त भित्र सम्पन्न गरिसक्नु पर्ने प्राबधान राखेपनि त्यसको समेत अबज्ञा भएको छ । गुजरा नगरपालिकाका उपप्रमुख शेख रौशन खातुनले दोस्रो नगर सभाका लागि बोर्ड बैठकमा विभिन्न ५ वटा वडाका वडाध्यक्षहरुले नगरपालिकाको बजेट दामाशायी हिसावले भागवण्डा गर्न माग गरेपछि नगरसभा गर्न ढिलाई भएको बताउनु भयो । पहिलो नगरसभाबाट प्रत्येक वडालाई १ करोड ५० लाख रुपैयाँ बिनियोजन गर्दा रकम दुरुपयोग भएपछि यस बर्षको लागि वडा लाई रकम नदिने नीति अङ्गिकार गरेपछि यसो हुन गएको बताउनु भयो । कटहरिया नगरपालिकाको पहिलो नगर सभा तत्कालिन प्रमुख सियाराम कुश्वाहाको नेतृत्वमा भएपनि यसपटक भने उपप्रमुख नुरजाहा खातुन लाई नगर सभा गर्न चुनौती थपिएको हो । वडाअध्यक्षहरुको असहयोगका कारण उनलाई चुनौती थपिएको हो । यस्तै फतुवा विजयपुर नगरपालिकाले समेत नगर सभा गर्न सकेको छैन । कांग्रेसबाट प्रमुखमा निर्वाचित भएका गोपाल यादवले कार्यपालिका बैठकनै नबोलाएको कारण नगर सभा नभएको उपप्रमुख कान्ति देवीले बताउनु भयो । त्यस्तै बौधीमाई नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र चन्द्रवंशीले निर्वाचित जनप्रतिनिधिहरुबीच आपसी सहमती नहुँदा नगर सभाकोे मिती तोकिनसकिएको बताउनु भयो । यस्तै देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेलले वडाध्यक्षहरुले जनही १ करोडका दरले वडा लाई बजेट बिनियोजन गर्नु पर्ने माग राखेकाले अहिले सम्म नगर सभा हुन नसकेको बताउनु भयो । कुल १७ करोड बजेट रहेकोमा नगरपालिकामा विकास तथा भवन बनाउनुपर्नेमा वडाहरुलाई ५० लाख दिने भनिएपनि उनीहरु १ करोड भन्दा कम नलिने अडान राख्दा सहमती नभएको उहाले बताउनु भयो ।

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी मुडभेडमा एक जनाको मृत्यु

रौतहट ९ माघ । सप्तरीमा बुधबार बिहान प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी नजिकै प्रदेश प्रहरी कार्यालय कार्यालय जनकपुरबाट

SITENAME

पाँच बर्ष देखी फरार अभियुक्त रौतहटमा पक्राउ 

माघ ६, रौतहट । हात हतियार खरखजाना मुद्धामा सजाय पाएर पाँचबर्ष देखी फरार रहेका एकजना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको हरैया घर भएका

SITENAME

आफनै भारीले थिचिएर ओली सरकार सिध्दिने गगन थापा

रौतहट १४ पौष । प्रजातान्त्रिक बिचार केन्द्रले शनीबार बीपि कोईरालाको राजनीतिक एबम साहित्यिक यात्रा बीपी एक ब्यक्तित्व अनेक कार्यक्रम गरेको छ ।