ताजा खबर

लमजुङका युवक दुई सातादेखि कतारमा बेपत्ता

SITENAME

फाल्गुन ३० । 
रोजगारीका लागि कतारमा रहेका मध्यनेपाल नगरपालिका ६ भोर्लेटार पाखुरीचोकका ३५ वर्षीय श्रीकृष्ण घिमिरे दुई सातादेखि बेपत्ता भएका छन् । 

 

गत फेब्रुअरी २४ ९फागुन १२ गते० देखि कतारको सनैया सहरबाट हराएका उनी हालसम्म सम्पर्कमा नआएको लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताए ।

कतारस्थित नेभी (मिलाह लजिष्टिक) मा हेल्पर पदमा कार्यरत घिमिरे आफू बस्दै आएको क्याम्पबाट हराएका हुन् ।मोबाइल, वालेट, परिचयपत्र समेत कोठामा छाडेर हिडेका घिमिरे आफन्त, साथीभाई र कम्पनीका कर्मचारी कसैको सम्पर्कमा पनि नआएको अध्यक्ष श्रेष्ठले बताए ।

घिमिरेको खोजीका लागि सामाजिक सञ्जालमा समेत सूचना जारी गरिएको छ । सम्भावित स्थान र व्यक्तिसंग सम्पर्क गरे पनि फेला पार्न नसकेको उनले बताए । उनको खोजीका लागि लमजुङ सेवा समाजका तर्फबाट नेपाली दूतावास र एनआरएनए एनसीसी कतारलाई पत्राचार गरेको अध्यक्ष श्रेष्ठले बताए ।

कतारमा सञ्जय रेग्मी, शिवभक्त पौडेल, शिव रसाईली, उत्तम रेग्मी लगायतका नेपाली युवा घिमिरेको खोजीमा लागेको श्रेष्ठले बताए । उनी लमजुङस्थित परिवारको सम्पर्कमा पनि नआएको मध्यनेपाल नगरपालिका ६ का वडाध्यक्ष विष्णुभक्त पौडेलले बताए । घिमिरे सम्पर्कवीहिन भएपछि घरमा बृद्धाआमा र पत्नी चिन्तित बनेको उनले बताए । घिमिरेका आमा, पत्नी र १० वर्षीय एक छोरा रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस
SITENAME

युकेमा नेपाली चलचित्र ’उल्झन’को प्रिमियर शो हुँदै

लण्डन ।  नेपाली चलचित्र उल्झनको रेड कार्पेट प्रिमियर युकेको अल्डरशत स्थित एम्पायर हलमा आज साँझ ५ बजे देखि हुने भएको छ । बाध्यताबस बिदेशिएका

साउदीमा नेपाली चालकको पीडा ८० लाख क्षतिपूर्ति तिर्न नसक्दा जेलको बास

४ चैत, काठमाडौं । साउदी अरबमा आफूले चलाएको गाडी दुर्घटना परेपछि घाइतेले मागेको क्षतिपूूर्ति तिर्न नसक्दा एक नेपाली चालक पाँच महिनादेखि जेलमा थुनिएका

SITENAME

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

फाल्गुन ३० ।  दक्षिण कोरियामा लामो समयदेखि उपचाररत सुकमान लुङबाको सोमबार दिउँसो निधन भएको छ । क्षयरोग र विभिन्न स्वास्थ्य समस्याले ग्रस्त उनी १५