ताजा खबर

निर्माण नहुदै उपभोक्ता समिति लाई नब्बे लाख भुक्तानी

SITENAME

रौतहटको चन्द्रपुर नगरपालिकाले गरेका कार्यमा अनियमितता भएको प्रतिबेदन नगरसभा सदस्य संयोजक रहेको छानबिन समितिले सार्बजनिक गरेको एक महिना नबित्दै बिहीबार गरुडा नगरपालिकाका उपप्रमुख सहितका वडाअध्यक्षले बिकास बजेटमा प्रमुख सहितका कर्मचारीले अनियमितता गरेको आरोप लगाएका छन । उपप्रमुख रंगिला कुमारी जयसवालले आर्थीक बर्ष २०७४÷ ०७५ देखी हाल सम्म जिन्सी शाखा बाट खरीद गरीएको समानको लेखाजोखा नभएको आरोप लगाउनु भएको छ । उहाले पत्रकार सम्मेलन गर्दै वड़ा नंबर १ र ६ मा संघीय सरकारबाट ३ बटा पुल निर्माण गर्न ३० लाखका दरले निकासा भएको बजेटको दुरुपयोग भएको छ । पुलको निर्माण कार्य नहुँदै ९० लाख भुक्तानी दिएर अनियमितता गरेको आरोप लगाउनु भयो । पुल निमार्णका लागि उपभोक्ता समिति बनाएर गत असार २९ गते ९० लाख रुपैयाँ भुक्तानी दिएको आरोप उहाको रहेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले सो पुल  निर्माण गर्न पेश्की स्वरुप ९० लाख निकासा भएको बताउनु भयो । नगरप्रमुख यादबले भारतीय जीप चढदै आएपनि बा १५ च ९३६१ नम्बरको जीपको बिलबुक पेश गरी रकम भुक्तानी लिएको आरोप समेत रहेको छ । उपप्रमुख जैयसवालले बिकास निर्माण कार्यको अनुगमन समितिका संयोजक आफु भएपनि अनुगमननै नगरी रकम भुक्तानी गर्ने गरेको बताउनु भयो । पत्रकार सम्मेलनमा चार नम्बरका वडाअध्यक्ष चुनचुन प्रसाद साहले उपभोक्ता समितिका पदाधिकारी संग नगरपालिकाका प्राबिधिकले दश प्रतिशत कमिसन लिने गरेको आरोप लगाउनु भयो । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत सहित वडा नम्वर २, ३,४ र ७ नम्वरका वडा अध्यक्षहरु सहभागी रहेका थिए । 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी मुडभेडमा एक जनाको मृत्यु

रौतहट ९ माघ । सप्तरीमा बुधबार बिहान प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी नजिकै प्रदेश प्रहरी कार्यालय कार्यालय जनकपुरबाट

SITENAME

पाँच बर्ष देखी फरार अभियुक्त रौतहटमा पक्राउ 

माघ ६, रौतहट । हात हतियार खरखजाना मुद्धामा सजाय पाएर पाँचबर्ष देखी फरार रहेका एकजना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको हरैया घर भएका

SITENAME

आफनै भारीले थिचिएर ओली सरकार सिध्दिने गगन थापा

रौतहट १४ पौष । प्रजातान्त्रिक बिचार केन्द्रले शनीबार बीपि कोईरालाको राजनीतिक एबम साहित्यिक यात्रा बीपी एक ब्यक्तित्व अनेक कार्यक्रम गरेको छ ।