ताजा खबर

आफनै भारीले थिचिएर ओली सरकार सिध्दिने गगन थापा

SITENAME

रौतहट १४ पौष । प्रजातान्त्रिक बिचार केन्द्रले शनीबार बीपि कोईरालाको राजनीतिक एबम साहित्यिक यात्रा बीपी एक ब्यक्तित्व अनेक कार्यक्रम गरेको छ । रौतहटको चन्द्रनिगाहपुरमा रहेको हिमालयन होटलको सभाहलमा आयोजित कार्यक्रमको उदघाटन गर्नुहुदै नेपाली काग्रेसका केन्द्रिय सदस्य एबम पुर्ब स्वास्थ्यमंन्त्रि गगन थापाले बर्तमान केपी ओलीको सरकार आफनै भारीले थिचेर जाने बताउनु भएको छ । जनता लाई ठुला ठुला सपना देखाउने तर काम नगर्ने प्रबृती बर्तमान सरकारमा रहेको बताउनु हुदै उहाले चिन्तन र सोच फराकिलो हुनु पर्दछ बीपीले लिएको बिचार लाई हेर्ने हो भने पहिले मानिसको न्युनतम आबश्यकता पुरा हुनु पर्दछ भन्नेनै हो । त्यसैले नेपाली काग्रेसले जीतेका स्थानीय तहका वडा र प्रमुख अनि उपप्रमुखले बीपीले अगिकार गरेको सिध्दान्त लाई बिर्सनु हुदैन भन्नु भयो । नेपाली काग्रेस बाट जीतेकाले भ्रस्टाचार गर्ने हैन गरिबको पक्षमा काम गर्नु पर्ने बताउनु भयो । बीपी कोईरालाको बारेमा सम्झन सजिलो छ तर अनुसरण गर्न गाह्रो छ भन्नु हुदै उहाले बीपी कोईराला चीन्तन मात्र हैन पार्टीको क्रियाशि सदस्य र नेता रहेको बताउनु भयो । सो कार्यक्रममा नेपाली काग्रेसका रौतहट अध्यक्ष श्रीकृष्ण यादबm नेपाली साहित्यिक जगतका स्वनामधन्य नक्षत्र ज्ञानुवाकर पौडेल, नेपाली काग्रेस सिन्धुलीका अध्यक्ष उज्वल बराल, नेपाली काग्रेस रौतहटका प्रभाबशाली नेता मोहम्मद महताब आलम, संबिधान सभा सदस्य सुनिल कुमार यादब, प्रदेश नम्बर २ सभा सदस्य श्री धनलाल ठोकर, नेबिसंघका पुर्ब सहमामन्त्रि मिथलेश मिश्र लगायतले बीपिको बारेमा चर्चा गर्नु भएको थियो । यस्तै साहित्यकारह? रामप्रसाद पन्त, ठाकुर शर्मा, त्रिपुरा पौडेल, सुर्य लोकालु बाट रचना बाचन गरिएको थियो । प्रजातान्त्रिक बिचार केन्द्रका अध्यक्ष रबीनचन्द्र कोईरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा हरीकृष्ण आचार्यले उदघोषण गर्नु भएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी मुडभेडमा एक जनाको मृत्यु

रौतहट ९ माघ । सप्तरीमा बुधबार बिहान प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी नजिकै प्रदेश प्रहरी कार्यालय कार्यालय जनकपुरबाट

SITENAME

पाँच बर्ष देखी फरार अभियुक्त रौतहटमा पक्राउ 

माघ ६, रौतहट । हात हतियार खरखजाना मुद्धामा सजाय पाएर पाँचबर्ष देखी फरार रहेका एकजना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको हरैया घर भएका

SITENAME

निर्माण नहुदै उपभोक्ता समिति लाई नब्बे लाख भुक्तानी

रौतहटको चन्द्रपुर नगरपालिकाले गरेका कार्यमा अनियमितता भएको प्रतिबेदन नगरसभा सदस्य संयोजक रहेको छानबिन समितिले सार्बजनिक गरेको एक महिना नबित्दै