ताजा खबर

मोटरसाईकल नलिने वडाअध्यक्षहरुको उद्धघोष

SITENAME

रौतहट १९ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाको दुई जना वडाअध्यक्षले नगरपालिका बाट दिन लागिएको मोटरसाईकल नलिने भएका छन । उनीहरुले आज एक प्रेश बिज्ञप्ति जारी गर्दै चन्द्रपुर नगरपालिकाको मिति ०७५ असोज २२ गतेको कार्यपालिाको बैठकको निर्णय नम्बर ३ मा वडाअध्यक्ष लाई मोटरसाईकल दिने भनि गरिएको निर्णयको असहमति जाहेर गरेका हुन । प्रेश बिज्ञप्ति जारी गर्नेमा चन्द्रपुर नगरपालिका वडानम्बर २ का अध्यक्ष दुत बहादुर थिङ्ग र वडानम्बर ३ का अध्यक्ष बोधनाथ देबकोटा रहेका छन । ती दुबै पुर्ब माओबादी बाट बिजयी भएका हालका नेकपाका कार्यकर्ता हुन । उनीहरुले वडाअध्यक्ष लाई मोटरसाईकल दिनुको बदला सो रकम गरिब, दुखी, असहाय, बिपन्न परिबारको जीबिकोपार्जनमा खर्चिन समेत आग्रह गरेका छन । चन्द्रपुर नगरपालिकामा अझै तीन प्रतिशत बासिन्दा गरिबीको रेखामुनी रहेको भन्दै उनीहरु प्रति सोच्ने बेला जनप्रतिनिधिको आएको वडाअध्यक्षको भनाई रहेको छ ।


 

प्रतिकृया दिनुहोस
SITENAME

छ महिना भित्र जमुनिया नदिको पानीले खेती हुने

रौतहट ९ माघ । रौतहटको दक्षिणी भेगको खेतीयोग्य जमिन सिचाई गर्न जमुनी सिंचाइ आयोजनाको पानी ल्याइएने भएको छ । जमुनी नदिको पानी ६ महिनाभित्र गण्डक नहर

SITENAME

बैकहरुले एटिएम सुविधा विस्तार गरेपछि रौतहटका बासिन्दाहरु हर्षित 

  माघ ८, रौतहट । निजि क्षेत्रमा सञ्चालनमा रहेका बैकहरुले एटिएम सुविधा विस्तार गरि प्रदान गर्ने थालेपछि रौतहटका गा्रमिण भेगका बासिन्दाहरु हर्षित

SITENAME

गुणस्तरहिन सडक र पुल निर्माण हुदै

रौतहट ८ माघ । रौतहटको गौर नगरपालिकाको वडानम्बर ९ र ७ लाई जोड्ने निर्माणाधिन पुल गुणस्तरहिन रहेको आरोप स्थानीयको रहेको छ । उनीहरुले छानबिनको माग समेत