ताजा खबर

गौरमा सिसिटिभी क्यामेरा जडान, प्रहरी महानिरिक्षक बाट उदघाटन

SITENAME

रौतहट २० पौष । रौतहटको गौरमा वायरलेस सीसीटिभी क्यामेरा जडान गरिएको छ । सो वायरलेस सिसिटिभी अनुगमन तथा परिचालन कक्षको आज नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले उद्धघाटन तथा हस्तान्तरण कार्यक्रममा समय सापेक्ष सूचना प्रविधि भित्रयाउदै जानु पर्ने बताउनु भयो । अपराध नियन्त्रण गर्ने, अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्न सिसी क्यामेराले मदत पुग्ने उहाले बताउनु भयो । समुदाय संग मिलेर प्रहरीले काम गर्दा शान्ति सुरक्षा कायम गर्न सजिलो हुने उहाले बताउनु भयो । रौतहटको गौरको बिभिन्न दश स्थानमा उच्च प्रबिधिको सिसिटिभी क्यामेरा जडान गरिएको छ । सुरक्षाको दुष्टिकोणमा महत्वपुर्ण मानिएको जिल्ला प्रहरी कार्यालय अगाडि, हस्पिटल चोक, जिल्ला प्रशासन कार्यालय, बैंक रोड, भन्सार कार्यालय तथा सडकका मुख्य चोकहरुमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । जडान गरिएको सिसिटिभी क्यामेराले नगरक्षेत्रको अधिकांश दृश्यहरु कैद गर्ने बिश्वास गरिएको छ । यस अघि गौरको मुख्य चौक बाट मोटरसाईकल चोरीका घटना बढदै गएको थियो । गौर नगरपालिकाको तीस लाखको लगानीमा जडान गरिएको क्यामेराहरु कन्ट्रोल र निगरानी भने जिल्ला प्रहरी कार्यालय गौरले गर्ने छ । जडान गरिएको सिसिटिभी क्यामेरा नाइट भिजन भएकोले राति हुन सक्ने आपराधिक गतिविधिलाई न्यून गर्न सहज हुने भनाइ प्रहरीको छ ।


 

प्रतिकृया दिनुहोस
SITENAME

सुसस्कृत समाज निमार्ण गर्नु पर्ने जनप्रतिनिधिनै जुवाखेल्दै

रौतहट २४ कार्तिक । तिहार पर्बमा रमाईलो गर्ने भन्दै रौतहटको एक स्थानीय तहका जनप्रतिनिधि आफै अबैध कार्यमा लागेको पाइएको छ । रौतहटको माधबनारायण

SITENAME

सार्बजनिक सुनवाई कार्यक्रम सम्पन्न

रौतहट २२ जेष्ठ । गरिबी निबारण कार्यक्रम अन्तर्गत सामुदायिक संस्थाहरुको सार्बजनिक सुनवाई कार्यक्रम रौतहटमा सम्पन्न भएको छ । जनकल्याण बिकास केन्द्र

SITENAME

संकल्प बचत तथा ऋण सहकारी संस्था द्धारा एटीएम सेबा संचालन

रौतहट १३ जेष्ठ । संकल्प बचत तथा तथा ऋण सहकारी संस्थाले आईतबार बाट एटिएम सेवा शुभारम्भ गरेको छ । सहकारीमा प्रविधिको प्रयोग भुतmानीमा सेवा उपयोग भन्ने