ताजा खबर

चन्द्रोदय साकोसको दशौ साधारण सभा सम्पन्न

SITENAME

रौतहट २१ पौष । रौतहटको चन्द्रपुर–४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज दशौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सहकारीको आफनै भबनको आज एक समारोहका बीच प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले उदघाटन गर्नु भएको छ ।

साधारण सभाको उदघाटन पछि बाजा गाजा सहित संस्थाको भबन उदघाटन गर्न प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथि, शेयर सदस्यहरु संस्थाको भबनमा पुगेका थिए । संस्थाले अब आफनै भबन बाट कारोबार गर्ने जनाएको छ ।

साधारण सभाको उदघाटन गर्नु हुदै प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले सहकारीको क्षेत्रमा चन्द्रोदय साकोसले पुरयाएको योगदानको प्रशंसा गर्दै नेपाल जस्तो न्युन आर्थीक बृध्दि, बेरोजगारी, आर्थीक बिकासमा क्षेत्रिय असमानता, ब्याप्त गरिबी र बिप्रेषणमुखि अर्थतन्त्र लाई सुधार गर्नको लागि समुदाय लाई संगठित गराई देशको आर्थीक, सामाजिक, तथा सास्कृतिक रुपान्तरणमा योगदान पुरयाएको भन्दै प्रंशसा गर्नु भयो ।

सो सभाका बिशिष्ट अतिथि प्रदेश सभा सदस्य धनलाल ठोकरले शेयर सदस्यको जीबन उत्थानको अलावा सामाजिक क्षेत्रमा कार्य गरी समाजमा चेतनाको दियो बाल्न सकेको भन्दै चन्द्रोदय साकोसको प्रंससा गर्नु भयो । नेकपाका केन्द्रिय सदस्य युबराज भट्टराईले समाजको बिद्ययमान असमानताका बीच चन्द्रोदय साकोसले जुन ढङ्गले शेयर सदस्यको हितमा लगानी गरेको छ यस्ले गरिबी निबारणमा मदत पुग्ने बताउनु भयो । सो सभामा बिभिन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिधिनिहरुको आतिथ्यता रहेको थियो । सो सभा चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकाश सुनवारको सुनुवारको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संचालन उपाध्यक्ष बसन्त आचार्यले गर्नु भएको थियो । संस्थाका अध्यक्ष प्रकाश सुनुवारले बार्षिक प्रगती प्रतिबेदन, सचिब संजय प्रसाद साहले बार्षिक प्रतिबेदन, कोषाध्यक्ष बासुदेब अधिकारीले कोषाध्यक्षको प्रतिबेदन प्रस्तु्न गर्नु भएको थियो । सो संस्थाको हाल ९ सय १२ जना शेयर सदस्य रहेको जानकारी दिइएको थियो भने शेयर पुजी १ करोड ४० लाख ३३ हजार ५ सय पुरयाइएको जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

छ महिना भित्र जमुनिया नदिको पानीले खेती हुने

रौतहट ९ माघ । रौतहटको दक्षिणी भेगको खेतीयोग्य जमिन सिचाई गर्न जमुनी सिंचाइ आयोजनाको पानी ल्याइएने भएको छ । जमुनी नदिको पानी ६ महिनाभित्र गण्डक नहर

SITENAME

बैकहरुले एटिएम सुविधा विस्तार गरेपछि रौतहटका बासिन्दाहरु हर्षित 

  माघ ८, रौतहट । निजि क्षेत्रमा सञ्चालनमा रहेका बैकहरुले एटिएम सुविधा विस्तार गरि प्रदान गर्ने थालेपछि रौतहटका गा्रमिण भेगका बासिन्दाहरु हर्षित

SITENAME

गुणस्तरहिन सडक र पुल निर्माण हुदै

रौतहट ८ माघ । रौतहटको गौर नगरपालिकाको वडानम्बर ९ र ७ लाई जोड्ने निर्माणाधिन पुल गुणस्तरहिन रहेको आरोप स्थानीयको रहेको छ । उनीहरुले छानबिनको माग समेत