ताजा खबर

स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

SITENAME

रौतहट २२ पौष । जनज्योती बहुमुखी क्याम्पसमा भर्ना भएका नया बिद्यार्थीको आज स्वागत तथा सम्मान गरिएको छ । स्वबियु द्धारा आयोजित सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले यस क्षेत्रको आकर्षणको रुपमा रहेको जनज्योती बहुमुखी क्याम्पसको शैक्षिक एबम भौतिक पुर्बाधारको बिकासमा सबैजना एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।  

सोही कार्यक्रममा प्रदेश सभा सदस्य धनलाल ठोकरले उच्च शिक्षा हासिल गर्नको लागि जनज्योती बहुमुखी क्याम्पसले यसक्षेत्रका बासिन्दा लाई मदत पुरयाएको बताउनु हुदै आफुले यस क्याम्पसको पुर्बाधार बिकास लाई यस आर्थीक बर्षको लागि पाँच लाख बिनियोजन गरेको बताउनु भयो । सोही कार्यक्रममा चन्द्रपुर नगरप्रमुख रामचन्द्र चौधरीले क्याम्पसको बृहतर हितमा सबैपक्षले जोड दिनु पर्ने बताउनु भयो । यस क्याम्पसमा अध्यन गर्न बिद्यार्थीहरुको लागि शुध्द खानेपानी पिउनको लागि नगरपालिकाले लगानी गर्ने बताउनु भयो । उहाले स्वबियुको माग बमोजिम नगरपालिकाले सरस्वतीको मंन्दिर निर्माणको लागि यस आर्थीक बर्षमा ७ लाख रुपैया बजेट बिनियोजना गरेको बताउनु भयो । सो कार्यक्रममा सम्बाद समुह रौतहटका संयोजक अनन्त कोईराला, अजय साह, नेपाल बिद्यार्थी संघका पुर्ब सहमहामन्त्रि मिथिलेश मिश्र, केन्द्रिय सदस्य सुर्य थापा, सुबास कोईराला, नेपाल प्रेश युनियनका केन्द्रिय सदस्य एबम जनज्योती बहुमुखी क्याम्पस संचालक समितिका सदस्य संजय कार्की, ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक युबराज खडकाले नबआगन्तुक बिद्यार्थीको उज्वल भबिष्यका कामना सहित शुभकामना दिएका थिए । स्वबियु सभापति संगम श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन उपसभापति गोपाल हुमागाईले गर्नु भएको थियो । बिद्यार्थीहरु लाई अतिथिहरुले खादा ओढाएर सम्मान गरेका थिए । यसैगरी स्वबियु सभापति संगम श्रेष्ठले नेपाली काग्रेसको संसदिय समितिमा चयन हुनु भएका प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिना लाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

छ महिना भित्र जमुनिया नदिको पानीले खेती हुने

रौतहट ९ माघ । रौतहटको दक्षिणी भेगको खेतीयोग्य जमिन सिचाई गर्न जमुनी सिंचाइ आयोजनाको पानी ल्याइएने भएको छ । जमुनी नदिको पानी ६ महिनाभित्र गण्डक नहर

SITENAME

बैकहरुले एटिएम सुविधा विस्तार गरेपछि रौतहटका बासिन्दाहरु हर्षित 

  माघ ८, रौतहट । निजि क्षेत्रमा सञ्चालनमा रहेका बैकहरुले एटिएम सुविधा विस्तार गरि प्रदान गर्ने थालेपछि रौतहटका गा्रमिण भेगका बासिन्दाहरु हर्षित

SITENAME

गुणस्तरहिन सडक र पुल निर्माण हुदै

रौतहट ८ माघ । रौतहटको गौर नगरपालिकाको वडानम्बर ९ र ७ लाई जोड्ने निर्माणाधिन पुल गुणस्तरहिन रहेको आरोप स्थानीयको रहेको छ । उनीहरुले छानबिनको माग समेत