ताजा खबर

जेहेन्दार बिद्यार्थी लाई छात्रबृति बितरण

SITENAME

रौतहट २३ पौष । सेबानिबृत एक जना शिक्षिकाले स्थापना गरेको अक्षयकोष बाट आज ४५ जना जेहेन्दार बिद्यार्थी लाई राहत प्रदान गरिएको छ । दुई बर्ष अघि सेबानिबृत हुनु भएका अम्बिका आधारभुत बिद्यालयका शिक्षिका हरीदेबी कोईरालाले सोही बिद्यालयमा अध्यापन गर्ने जेहेन्दार बिद्यार्थीको लागि अक्षयकोष स्थापना गर्नु भएको थियो । उहाले १ लाख ५ हजारको अक्षयकोष स्थापना गर्नु भएको बिद्यालयका प्राध्यानाध्यापक मुरारी चालिसेले बताउनु भयो । सो छात्रबृती बितरण कार्यक्रममा चन्द्रपुर नगरपालिका वडानम्बर ५ का अध्यक्ष संजय काफले, बिद्यालय ब्यबस्थापन समितिका सदस्य कृष्णचन्द्र पोखरेल, दिलबहादुर कोईराला लगायतको उपश्थिती रहेको थियो । सेबानिबृृृत कोईरालाले ०४८ असार ३२ गते देखि ०७३ माघ १० सम्म उक्त बिद्यालयमा अध्यापन गराउनु भएको थियो । उहाले सो कोष बाट प्राप्त ब्याजले छात्रबृति बितरण गनु भएको हो । नया शैक्षिक सत्र संगै यसैगरी छात्रबृति बितरण गरिने हरिदेबी कोईरालाले बताउनु भयो । 

प्रतिकृया दिनुहोस
SITENAME

छ महिना भित्र जमुनिया नदिको पानीले खेती हुने

रौतहट ९ माघ । रौतहटको दक्षिणी भेगको खेतीयोग्य जमिन सिचाई गर्न जमुनी सिंचाइ आयोजनाको पानी ल्याइएने भएको छ । जमुनी नदिको पानी ६ महिनाभित्र गण्डक नहर

SITENAME

बैकहरुले एटिएम सुविधा विस्तार गरेपछि रौतहटका बासिन्दाहरु हर्षित 

  माघ ८, रौतहट । निजि क्षेत्रमा सञ्चालनमा रहेका बैकहरुले एटिएम सुविधा विस्तार गरि प्रदान गर्ने थालेपछि रौतहटका गा्रमिण भेगका बासिन्दाहरु हर्षित

SITENAME

गुणस्तरहिन सडक र पुल निर्माण हुदै

रौतहट ८ माघ । रौतहटको गौर नगरपालिकाको वडानम्बर ९ र ७ लाई जोड्ने निर्माणाधिन पुल गुणस्तरहिन रहेको आरोप स्थानीयको रहेको छ । उनीहरुले छानबिनको माग समेत