ताजा खबर

लागुपदार्थ प्रयोगकर्ता र कारोबारकर्ताको न्युनिकरणका लागि उपायको खोजी

SITENAME

रौतहट २४ पौष । समुदाय प्रहरी साझेदारी समितिले आज लागुपदार्थ प्रयोगकर्ता र कारोबारकर्ताको न्युनिकरणका लागि उपायको खोजी गरेको छ । चन्द्रपुर नगरपालिका भित्र रहेका नीजि तथा सामुदायिक बिद्यालयका प्राध्यानाध्यापक, शिक्षक र दुब्र्यसनी बिरुद्ध कार्य गर्ने संघ, संस्थाका प्रतिनिधिहरु बीच समुदाय प्रहरी साझेदारी समितिले गरेको छलफल बाट न्युनिकरणको उपाय खोजी गरिएको हो । यस्को लागि अल्पकालिन तथा दिर्घकालिन नीति बनाएर काम गर्नु पर्ने सुझाब दिइएको छ । गरिबीको कारण मदिरा उत्पादन गर्ने समुदायको पहिचान गरी उनीहरु लाई बैकल्पिक पेशामा आकर्षित गर्नु पर्ने र नगरभित्रका पसलहरुमा १८ बर्ष मुनिका बालबालिका लाई मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्री बितरण नुहने सुचना टाँस गर्न लगाउनु पर्ने साथै बिद्यालय कम्पाउण्डमा सुर्तिजन्य र मदिराजन्य पदार्थ बिक्री बितरण निषेध गर्नु पर्ने लगायतका दिर्घकालिन रणीनिति नगरसभा बाट पास गरेर कार्यान्वयन गर्नु पर्ने औल्याईको छ । यस्को लागि समुदाय लाई समेत क्रियाशिल गराउनु पर्ने रहेको छ । बिद्यालयका शिक्षकहरुको आचारसहिता बन्नु पर्ने, बिद्यालयका शिक्षकहरुले बिद्यार्थी लाई माया गर्ने नाममा अश्लिलता प्रर्दशन गर्न नुहने, बिद्यार्थी संग मदिरा र सुर्तिजन्य पदार्थ सेबन गर्न नहुने, बिद्यालयमा अध्यापन गर्ने शिक्षकहरुले गाउबस्तिमा गएर अभिभाबक संग छलफल र अन्र्तक्रिया गर्नु पर्ने, अभिभाबक लाई समेत सचेतना तालिम दिनु पर्ने, डेरामा बस्ने बिद्यार्थीको गतिबिधि अध्यन गर्नु पर्ने, अभिभाबक र बिद्यालय प्रशासनले बिद्यार्थीको फेसबुक समय समयमा चेक गर्नु पर्ने, ब्यबहारिक र जीबन उपयोगी शिक्षामा जोड दिनु पर्ने, र सामाजिक क्रियाकलापमा बिद्यार्थी लाई बढि भन्दा बढि सहभागि गराउनु पर्ने, वडामा टोल सुधार समिति गठन गरी सक्रिय बनाउनु पर्ने लगायतका उपाय अपनाउदा लागुपदार्थ र कारोबारीको संख्यामा कमी आउने औल्याइएको छ । समुदाय प्रहरी साझेदारी समितिका संयोजक रामचन्द्र चौधरीको संयोजकत्वमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक युबराज खडकाले समेत कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो । सो कार्यक्रममा समितिका सदस्यहरुको समेत उपश्थिती रहेको थियो । 


 

प्रतिकृया दिनुहोस
SITENAME

एक दिने स्वास्थ्य निशुल्क शिबिर

रौतहट २६ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारीमा आज निशुल्क स्वास्थ्य शिबिर भएको छ । ग्रामिण सामुदायिक स्वास्थ्य केन्द्र नेपालको

SITENAME

सरकार र डाक्टर केसी बीच सहमति, २७ दिनको अनसन तोडियो

काठमाण्डौ ११ स्राबण । डाक्टर गोविन्द केसी र सरकारबीच नौ बुँदा सहमति भएपछि २७ दिन देखि अनसनरत डाक्टर केसीले बिहीबार राति साढे १० बजे अनसन तोडेका छन ।

SITENAME

लामो समय देखि स्वास्थ्यकर्मीले तलब पाएनन

रौतहट १५ असाढ । रौतहटको दुई नगरपालिका भित्र रहेको स्वास्थ्य संस्थाका चिकित्सक र कर्मचारीहरुले विगत ११ महिना देखि तलब पाउन बाट बन्चित भएका छन । तलब