ताजा खबर

रौतहटको चन्द्रपुरको उत्तरी भेगमा नया सडकको निर्माण

SITENAME

रौतहट २४ माघ । रौतहटको चन्द्रपुर नगरपालिका–३ मा नया बाटो खोलिएको छ । सदियौदेखि बसोबास गर्दै आएका चुरेफेदीका बासिन्दा बाटोको अभाबमा रहेका थिए । उनीहरु चन्द्रनिगाहपुर बजार आउदा समेत समस्यामा थिए भने बिरामी हुदा एम्बुलेन्स जाने बाटो  समेत थिएन तर यस आर्थीक बर्षको चन्द्रपुर नगरपालिकाको वडानम्बर ३ ले बिनियोजित गरेको बजेट बाट ६ मिटर चौडाई र साडे ६ किलोमिटर लम्बाईको सडक निर्माण गरिएको छ । चन्द्रपुर नगरपालिका– ३ स्थित गैडाटारको वडा कार्यालय देखि हिलेखोला सम्म सडक निर्माण गरिएको छ । उक्त सडक निर्माण गर्न वडा कार्यालयले ६ लाख बजेट बिनियोजित गरेको थियो । सो सडकको बिहीबार एक समारोहका बीच उदघाटन गरिएको छ । सो सडकको उदघाटन नेकपाका केन्द्रिय सदस्य युबराज भट्टराईले गर्नु भएको छ । सडक उदघाटन गर्नु हुदै नेकपाका केन्द्रिय सदस्य युबराज भट्टराईले दुर दराजमा रहेका बासिन्दाको जीबन यापन र बजार सम्मको पहुच सहज हुनु पर्ने बताउनु भयो । यस्को लागि वडा कार्यालय, नगरपालिका, प्रदेश सरकार र संघिय सरकारको ध्यान जान जरुरी रहेको छ । आफ्ुले पनि ग्रामिण भेगका बासिन्दाको सहजजीबन यापन हुनु पर्दछ भनेर क्रियाशिल हुदै आएको बताउनु भयो । सो सडकको उदघाटन कार्यक्रममा चन्द्रपुर नगरपालिका वडानम्बर ३ का अध्यक्ष बोधनाथ देबकोटाले समग्र वडाबासीको हित हुने गरी वडा कार्यालयले योजना निर्माण र बजेट बिनियोजन गर्दै कार्य गर्दै आएको बताउनु भयो । वडाबासीको सुख, सयलको निम्ति वडा कार्यालय क्रियाशिल सदैब हुने उहाले बताउनु भयो । आफनो वडामा आबश्यक आधारभुत आबश्यत्ता पुरा गर्न सधैब तत्पर रहने वडाअध्यक्ष देबकोटाले बताउनु भयो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रजातन्त्र दिवसको दिन रौतहटमा बाडियो राष्ट्रिय झण्डा

रौतहट ७ फाल्गुण । निजी विद्यालयहरुको छाता सँगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल रौतहट प्याबसनले आज ६८ औं प्रजातन्त्र दिवस बिबिध

SITENAME

समयमै निर्माण हुन नसकेको पुलको सासंद झा द्धारा निरिक्षण

प्रभातकुमार झा रौतहट, ६ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा रौतहट क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य अनिलकुमार झाले

SITENAME

प्रदेशनम्बर २ का बिकास समितका सभापति लाई स्थानीयको स्वागत

रौतहट ५ फाल्गुण । प्रदेशनम्बर २ को बिकास समितिको सभापतिमा चयन भएपछि अबुल कलाम आजाद फुलबाबुको भब्य स्वागत भएको छ ।  प्रदेश २ को राजधानी जनकपुर बाट आफनो