ताजा खबर

लगत कटा नगरिकनै कबाडमा गाडी काटिने क्रम बढदो

SITENAME

रौतहट २४ माघ । लगत कटा नगरिकनै रौतहटमा सबारी साधन कवाडमा काटिने गरेको पाइएको छ । रौतहटको चन्द्रपुर, गरुडा लगायतका स्थानमा रहेका कबाडीमा सबारी साधन काटिने गरेको छ । नीयम बिपरित कबाडीमा काटिएका सबारी साधनको यातायात कार्यालयमा राजश्व रकम यथाबत रहेको छ । यातायात ब्यबस्था कार्यालय बाट लगत कटा गरेपछि मात्रै कबाडीमा काटन पाउने नीयम बिपरित चन्द्रपुर–५ मा कबाड ब्यबसाय सञ्चालन गर्दै आएका जयनन्दन जैसवालले ना १ ख ९२६१ नम्बरको तेल बोक्ने ट्यांकर काटेका छन । जैसवालले काभ्रेको बनेपा– ५ निबासी बालकुमार पोतेको नामको ट्यांकर१ लाख ५० हजारमा खरिद गरेर काटेका छन । १९९६ मोडेलको उक्त गाडीको यातायात ब्यबस्था कार्यालयमा दुई बर्ष देखिको राजश्व रकम बक्यौता रहेको छ । तर पनि कबाड संचालकले उक्त गाडीको चारवटा चक्का सहित अन्य पार्टपुर्जाहरू झिकिसकेका छन । लगत कटा नगरिकनै सबारी साधन कवाडमा काटनु भनेको नियम विपरित हुने स्वयम ट्राफिक प्रहरीले बताउने गरेपनि नियन्त्रण भने गरेको छैन । यातायात व्यवस्था कार्यालय बिरंगजका अधिकृत राम अयोध्याले कबाडमा गाडी काटनु भन्दा पहिले लगत कटा गरेर अनुमति लिनु पर्ने बताउनु भयो । यातायात व्यवस्था कार्यालय बीरगजमा अहिलेसम्म कति गाडी कबाड खानामा काटियो भन्ने अभिलेख छैन । कबाड संचालकहरू सम्बन्ध्ति निकाय लाई केही  रकम दिएर निर्धक्क संगले गाडी खरिद गर्दै काटने गरेका छन । 
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रजातन्त्र दिवसको दिन रौतहटमा बाडियो राष्ट्रिय झण्डा

रौतहट ७ फाल्गुण । निजी विद्यालयहरुको छाता सँगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल रौतहट प्याबसनले आज ६८ औं प्रजातन्त्र दिवस बिबिध

SITENAME

समयमै निर्माण हुन नसकेको पुलको सासंद झा द्धारा निरिक्षण

प्रभातकुमार झा रौतहट, ६ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा रौतहट क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य अनिलकुमार झाले

SITENAME

प्रदेशनम्बर २ का बिकास समितका सभापति लाई स्थानीयको स्वागत

रौतहट ५ फाल्गुण । प्रदेशनम्बर २ को बिकास समितिको सभापतिमा चयन भएपछि अबुल कलाम आजाद फुलबाबुको भब्य स्वागत भएको छ ।  प्रदेश २ को राजधानी जनकपुर बाट आफनो