ताजा खबर

नमुना बोर्डिङ्ग स्कुलको बीसौ बार्षिक खेलकुद कार्यक्रम सम्पन्न

SITENAME

रौतहट २५ माघ । रौतहट २५ माघ । रौतहटको चन्द्रपुर नगरपालिका–६ मा रहेको नमुना सेकेण्डरी बोर्डिङ्ग स्कुले आज बीसौ बार्षिक खेलकुद एबम पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले आफनै प्राङ्गणमा गरेको कार्यक्रमको उदघाटन चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले गर्नु भएको छ । कार्यक्रम उदघाटन गर्नुहुदै प्रमुख अतिथि रामचन्द्र चौधरीले शिक्षाको अलावा बालबालिका लाई खेलकुद र मनोरञ्जन दिए मात्र उस्को ज्ञानमा बृध्दि हुने बताउनु भयो । सबै बिद्यालयहरुले आफना गतिबिध मार्फत बिद्यार्थी लाई शिक्षित बनाउदै लग्नु पर्ने बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथि चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरती चौधरीले बिद्यालयले शैक्षिक क्रियाकलपाका अलावा खेलकुदका साथै अतिरिक्त क्रियाकलापमा जोड दिनु पर्ने बताउनु भयो । यसैगरी चन्द्रपुर नगरपालिकाका वडानम्बर ५ का अध्यक्ष संजय काफलेले नगरभित्र नीजि बिद्यालयले शिक्षा क्षेत्रमा फडको मारेको बताउनु हुदै बालबालिकाको उज्जवल भबिष्यको निम्ति चाहिने सबै प्रकारका क्रियाकलापमा सहभागि गराउदै जानु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा पत्रकार सञ्जय कार्की, फणिदेब महत, पुर्ब शिक्षक जगतनारायण सिह लगायतकाले शैक्षिकक्षेत्र र खेलकुदको बिषयमा बोल्नु भएको थियो । स्कुलका प्रिन्सिपल लोक बहादुर श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत मन्तब्य लक्ष्मि श्रेष्ठले राख्नु भएको थियो । सो अबसरमा जनज्योती उच्च माध्यमिक बिद्यालयमा अध्यापन गरेर अबकास जीबन बिताईरहनु भएका रामानन्द काफले, ब्रम्हचारी पटेल, ऋषिराम काफले, जगतनारायण सिह, दिलबहादुर कोईराला, भरत आचार्य, कल्पना पौडेल, कौशल कर्ण, रामबाबु पटेल, लाई सम्मानित गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले बनाएको बिज्ञान सामग्रीको प्रर्दशन गरिएको थियो भने प्लाष्टिक मुक्त नगर बनाउने उदेश्यका साथ बिद्यार्थीहरुले बनाएको कागजब्याग अतिथिहरु लाई हस्तान्तरण गरिएको थियो ।


प्रतिकृया दिनुहोस
SITENAME

प्रजातन्त्र दिवसको दिन रौतहटमा बाडियो राष्ट्रिय झण्डा

रौतहट ७ फाल्गुण । निजी विद्यालयहरुको छाता सँगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल रौतहट प्याबसनले आज ६८ औं प्रजातन्त्र दिवस बिबिध

SITENAME

समयमै निर्माण हुन नसकेको पुलको सासंद झा द्धारा निरिक्षण

प्रभातकुमार झा रौतहट, ६ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा रौतहट क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य अनिलकुमार झाले

SITENAME

प्रदेशनम्बर २ का बिकास समितका सभापति लाई स्थानीयको स्वागत

रौतहट ५ फाल्गुण । प्रदेशनम्बर २ को बिकास समितिको सभापतिमा चयन भएपछि अबुल कलाम आजाद फुलबाबुको भब्य स्वागत भएको छ ।  प्रदेश २ को राजधानी जनकपुर बाट आफनो