ताजा खबर

रौतहट र कैलाली बीच एक दिबसीय क्रिकेट हुने

SITENAME

प्रभातकुमार झा
रौतहट, २५ माघ । रौतहट ११ र धनगढी ११ विच एक दिवसिय क्रिकेट टुर्णामेन्ट हुने भएको छ । यस्को लागि आवश्यक तयारी पुरा भएको रौतहट क्रिकेट संघले जनाएको छ ।
    रौतहट क्रिकेट संघको कार्यालय गौरमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पवन साहले मैत्रीपूर्ण ओडिआई टुर्नामेन्टको लागि रौतहट ११ र धनगढी ११ विच प्रतिस्पर्धा हुने जानकारी दिनु भएको छ ।
    गौरीशंकर यादव स्मृति ट्रष्टको प्रायोजनमा “गौरीशंकर यादव मेमोरियल क्रिकेट टुर्णामेन्ट” एक दिबसीय तीन दिन हुने छ । यस्को लागि यही माघ २६, २७ र २८ गते प्रतिस्पर्धा गराइने भएको छ ।  रौतहटको मैदानमा हुन लागेको यो प्रतियोगिताले यसक्षेत्रमा हुने क्रिकेट खेलको विकासमा सघाउ पुग्ने बिश्वास लिइएको छ । रौतहटको सदरमुकाम गौरमा रहेको रौतहट क्रिकेट संघको मैदानमा हुन लागेको प्रतियोगिताका लागि धनगढी ११ का क्याप्टेन रोशन अधिकारी सहित १५ सदस्यीय खेलाडी आईपुगेका छन भने नेपालको तर्फबाट अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाइसकेका जितेन्द्र मुखिया सहित रहेका छन । रौतहट ११ का लागि मुखिया लाई क्याप्टेन बनाइएको संघका प्रवक्ता गौतम श्रेष्ठले जानकारी दिनु भयो । मैत्रीपूर्ण ओडिआई क्रिकेट टुर्णामेन्ट खर्च २ लाख लाग्ने अनुमानित बजेट तय गरिएको छ । ओडिआई टुर्णामेन्टको प्रायोजक गौरीशंकर यादव ट्रष्ट रहेको छ । ट्रष्टका अध्यक्ष मोहन यादवले रौतहटको खेलकुदको विकासका लागि प्रत्येक बर्ष प्रतियोगिता गराउने बताउनु भयो । 
    

प्रतिकृया दिनुहोस
SITENAME

चन्द्रपुर प्याब्सन मेयर कप फुटबलको उपाधि होलि भिजन स्कुल लाई

रौतहट २५ माघ । रौतहटको चन्द्रपुरमा जारी चन्द्रपुर प्याब्सन मेयर कप फुटबल प्रतियोगिताको आज फाईनल खेलमा होलि भिजन स्कुल बिजयी भएको छ । बालनिकतेन स्कुल

SITENAME

प्रथम चन्द्रपुर प्याब्सन मेयर कप २०७५ फुटबल प्रतियोगिता शुरु

रौतहट १६ माघ । रौतहटको चन्द्रनिगाहपुरमा प्रथम चन्द्रपुर प्याब्सन मेयर कप २०७५ फुटबल प्रतियोगिता आज बाट शुरु भएको छ । शहिद दिबसको सन्दर्भ पारेर

SITENAME

चन्द्रनिगाहपुरमा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने

रौतहट १५ माघ । अन्तराष्ट्रिय कराँते प्रतियोगिता पहिलो पटक रौतहटको चन्द्रनिगाहपुरमा हुने भएको छ । यस्को लागि तयारी भैरहेको सितोरियो कराँते संघ