ताजा खबर

कुष्ठरोगीको उपचारका लागि घर घरमा स्वयमसेक पुग्दै

SITENAME

रौतहट २६ माघ । प्रदेश २ का सवै पालिकामा कुष्ठ रोगीहरु खोज्न अभियान थालिने भएको छ । प्रदेश २ मा रहेको आठ जिल्लाका सवै स्थानीयतहले फागुनको पहिलो साता देखी स्वंयम सेवकहरु लाई घरघरमा खटाएर कुष्ठरोगी खोज्ने अभियान थालिन लागेको हो । चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले कुष्ठरोग निवारण कार्यक्रमको आयोजना गरि अभियानको तयारी थाल्ने क्रममा संचारकर्मी संग अन्तरक्रिया कार्यक्रम गरेको छ । सरकारले कुष्ठरोग निवारणका लागी बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएपनि कुष्ठरोगी घटन सकेको छैन । यो रोग लागेकाहरुले लुकाउने गरेका कारण घटन नसकेको अनुमान रिएको छ । रौतहटमा जिल्लामा पछिल्लो समय यो रोग लागेकाहरुको संख्या बढेको पाईएको हो । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक अभय ठाकुरले फागुनको पहिलो साता देखी स्वंयम सेवकहरु परिचालन हुने बताउनु भएको छ । उनीहरुले घर घर पुगेर रोगी भए÷नभएको पत्ता लगाउने जानकारी दिएका उहाले दिनु भएको छ । चन्द्रपुर नगरपालीकाले १० वटा वडाको घर÷घर पुगेर स्वयमसेबकले रोगको लक्षणका बारे सोधेर खोजी गर्नेछन । यस्को लागि नगरपालिकाले एउटा वडामा ८ जनाको दरले स्वंयम सेवक छनौट गरेर एक दिने तालीम दिइने संयोजक ठाकुरले जानकारी दिनु भयो । गत आर्थिक बर्षमा चन्द्रपुर नगरपालिका भित्र ७ जना कुष्ठरोगी फेला परेको थियो  । 
 

प्रतिकृया दिनुहोस
SITENAME

चन्द्रपुर अस्पताल प्रालि द्धारा अत्याधुनिक भिडियो एक्सरेको प्रयोग

रौतहट ५ फाल्गुण । रौतहटको चन्द्रपुर अस्पताल प्रालिले अत्याधुनिक भिडियो एक्सरे मेशिन लाई प्रयोगमा ल्याएको छ । जचाउन आउने बिरामीको सुबिधाका लागि

SITENAME

अस्थायी साधन प्रयोग गर्ने महिला तथा पुरुषको संख्या बढदै

रौतहट १४ माघ । केहि वर्षअघि कण्डमको नाम सुन्ने बित्तिकै मुख छोपेर भाग्ने रौतहटको बिभिन्न ग्रामीण क्षेत्रका महिला तथा पुरुषमा अहिले प्रयोग दर बढेको छ

SITENAME

लागुपदार्थ प्रयोगकर्ता र कारोबारकर्ताको न्युनिकरणका लागि उपायको खोजी

रौतहट २४ पौष । समुदाय प्रहरी साझेदारी समितिले आज लागुपदार्थ प्रयोगकर्ता र कारोबारकर्ताको न्युनिकरणका लागि उपायको खोजी गरेको छ । चन्द्रपुर नगरपालिका