ताजा खबर

बिद्याकी देबी सरस्वतीको आज पुजा आजा गरी मनाईदै

SITENAME

रौतहट २७ माघ । विद्याकी देवी अधिष्ठात्री सरस्वतीको पूजा आराधना सहित हिन्दु धर्माबलम्बिहरुले आज श्रीपञ्चमी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्ब एबम बिद्याकी देबी सरस्वतीको बिषेश पुजा आराधाना गरी मनाईने गरिन्छ । बिषेश गरी आज स्कुल र कलेजमा सरस्वतीको मंन्दिर स्थापना गरी बिद्यार्थीहरुले धुमधामका साथ पुजाअर्चना गरी मनाउने गर्दछन । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । बसन्त पञ्चमी बाट समेत चिनिने यो दिनमा चन्द्रमा जस्तो गोरो बर्ण भएकी वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीको निष्ठापुर्बक पुजा गरेमा बिद्या आर्जन हुने बिश्वास गरिन्छ । विद्यार्थीहरुले बिहानै उठेर नुहाइ धुवाई गरी आफूले पढ्ने पुस्तक तथा कापी कलममा पुजा गर्दछन भने साहित्यकार, संगीतकार लगायतले पनि आफ्ना कला साधनाका सामग्रीहरुको पूजाआजा गर्ने गर्दछन । आजका दिन गरिने जुनसुकै शुभकार्यका लागि साइत हेर्न नपर्ने धार्मीक विश्वास रहेको छ । आज बिहानैदेखि सरस्वती मन्दिर र बिद्यालयहरुमा श्रद्धालुहरु र बिद्यार्थीको भीडभाड हुने गरेको छ । सङ्गीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वासका साथ आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइने चलन समेत रहेको छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

१२ एसपीको काज सरुवा

काठमाण्डौ १ फाल्गुण । प्रहरी प्रधान कार्यालयले रौतहट सहित देशभरका १२ जना प्रहरी उपरिक्षकको काज सरुवा गरेको छ । काज सरुवा हुनेमा बढुवा लाईनमा रहेर पनि

SITENAME

ईट्टा ब्यबसायीले भ्याट र आयकर छुट मागे

रौतहट २९ माघ । रौतहट ईटा उधोग संघले प्रदेश सरकार संग भ्याट तथा आयकरमा छुट दिन माग गरेको छ । बर्षाका कारण रौतहटका ईटा व्यवसायी मारमा परेको भन्दै

SITENAME

प्रदेश २ का युबा उधमी बीच चन्द्रनिगाहपुरमा अन्तरक्रिया

रौतहट २७ माघ । समृद्ध नेपाल निर्माणका लागी स्वास्थ, कर्मठ र उद्यम युवा भन्ने उदेश्यका साथ रौतहटको चन्द्रनिगाहपुरमा युवा उद्यमी अन्तरक्रिया एबम खेल