ताजा खबर

चन्द्रपुरमा महोेत्सबमा बद्री पंगेनी दर्शक नचाए 

SITENAME

रौतहट ४ चैत्र । स्थानीय स्तरका कला, संस्कृति तथा व्यापारलाई प्रर्वद्धन गर्ने उद्धेश्यले रौतहटको चन्द्रनिगाहपुरमा भएको चन्द्रपुर महोत्सवमा शनिवार पनि गायक÷गायिकले आफनो प्रस्तुती दिएका छन । शनीवार लोकदोहरी गायक बद्रि पंगिनी, गायिका सरिता प्रजापति र शितल शर्माले आफनो प्रस्तुती दिनुभएको हो । देशमा राजनीतिक अस्थिरतासँगै नेताले भोट माग्ने बेला दिएको आश्वासन पूरा गर्दैनन् भन्दै जितेर गएका सांसद, लगायत देशभरका नेतालाई व्यंग्य गर्दै ‘लौन नेता ज्यु, चन्द्रपुरमा आउन कैलेकाही, किन नेता ज्यु हाम्रो भेट हुन्न पहिले झैँ... भन्दै लोकदोहोरी गायक पंगेनीले जनताका काममा ध्यान दिनुपर्ने भन्दै सन्देशमूलक गीत गाएका थिए । लोकदोहरी गायक पंगिनीले महोत्सवका दर्शकलाई विदेश कमाउन गएको छोरो चार्डपर्व र रमाइलो तथा चन्द्रपुर महोत्सवमा पनि घर नफर्किएको कथा व्यथा समेटेर गित प्रस्तुत गर्नुभएको थियो । सो गित गायक पंगिनीले गाउँदै गर्दा अधिकाश महिलाहरुको आँखा रसाएको देखिन्थ्यो । त्यसपछि गायक पंगिनीले युवायुवतीका लागि रमाइला खालका गीत गाउँछु भन्दै नाच्न र आमाहरु नरुनुस भनेर आग्रह गर्दै रमाइला खाले गीत सुनाए । गायिका सरिता प्रजापति र शितल शर्माले पनि महोत्सवमा आफ्नो गीत प्रस्तुत गरे । लोक तथा दोहरीले गित गाउदै सहभागी भएका दर्शकलाई उनीहरुले नचाउन सफल भए । चन्द्रनिगाहपुर सिटि जेसिसको मुख्य आयोजना तथा नेपाल आईस नेचुराको मुख्य प्रयोजन तथा चन्द्रपुर नगर उधोग बाणिज्य संघ तथा होटल व्यवसायी संघ रौतहटको प्रर्वद्धक तथा चन्द्रपुर नगरपालिकाको संरक्षकमा महोत्सव भएको हो । फागुन २८ गते देखि शुरु भएको चन्द्रपुर महोत्सवको चैत ७ गते सम्म रहने छ । महोत्सवमा बाल उद्यान, खानाका परिकार, कृषिजन्य बस्तु, हस्तकला, घरेलु उधोग, स्थानिय कला तथा संस्कृतिका साथै मनोरञ्जनका सामग्रीहरु राखिएका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

आफैले बनाएको बस्तिका बालबालिका संग मनाईन सुन्तलीले जन्मदिन

रौतहट १६ जेष्ठ । रौतहटको चन्द्रपुर–८ सन्तपुरमा कलाकार कुञ्जना घिमिरे ( सुन्तली ) ले जन्मदिन मनाइएकी छिन । आफ्नो नेतृत्वमा निर्माण गरेको एकिकृत नमुना

SITENAME

हास्यकलाकार मदन श्रेष्ठ लाई पत्नि बियोग

काठमाण्डौ २० चैत्र । बरिष्ठ हांस्य ब्यङग कलाकार मदनकृष्ण श्रेष्ठको धर्म पत्नी एशोदा श्रेष्ठ सोमबार राती निधन भएको छ । उपचारकै क्रममा कलाकार श्रेष्ठ

SITENAME

शिब परियार गाउने दर्शक नाच्ने

रौतहट,७ चैत्र । चन्द्रनिगाहपुर महोत्सवमा चर्चित गायक शिव परियारको ‘पिउदिन भन्दा भन्दै पिलायो साथिले’ भन्ने गितको जब धुन बज्न थाल्यो अब दर्शकहरुको