ताजा खबर

सेबा मुखी उत्पादनमा जोड दिएका छौ, मुनग्रुपका अध्यक्ष बिनोद घिमिरे

SITENAME

मुन ग्रुपले उत्पादन गरेका प्रोडक्टले अहिले रौतहट र आसपासका जिल्लाको बजार लिएको छ । रौतहटको चन्द्रनिगाहपुरका युवाहरुले लगानी गरि आधुनिक र फरक किसिम बाट मुन ग्रुपका प्रोडक्ट बजारमा ल्याएपछि यस्को माग बढ्न थालेको छ । पहिलो पटक रौतहटका युवाहरु मिलेर संञ्चालनमा ल्याएको मुन ग्रुपको प्रोडक्टका बारेमा संञ्चालक(अध्यक्ष) बिनोद घिमिरे संग यस गुञ्जन एफ एमका संयोजक दिपेश पौडेलले गरेको कुराकानीको सार । 

मुन ग्रुपका प्रोडक्ट लोकप्रिय हुनुका कारण के हो ?

चन्द्रनिगाहपुरका लगनशिल युवाहरुको एक समुहले लागनी गरेर बिभिन्न प्रोडक्टहरु बजारमा ल्याएका छौ । हामील आधुनिकता र गुणस्तरलाई ध्यान दिएकाले पनि लोकप्रिय भएको हुन सक्छ । तर, उपभोग्तmाको हित र स्वास्थ्यमा ध्यान दिदै मुन ग्रुपले काम गरेकालेपनि हाम्रो प्रोडक्ट रोजाईमा परेको हुन सक्छ । सम्भवत ः पहिलो पटक रौतहटमा विभिन्न क्षेत्रमा मुन ग्रुपले लागनी गरेको छ ।नाफा र सेवा दुवैलाई हितमा राखेर यस ग्रुपले काम गरेकाले उपभोतmाको साथ र सहयोग पाएको छ । अगामीमा दिनमा पनि यस्तै साथको पाएमा मुन ग्रपले अझै धेरै प्रोडक्टहरु बजारमा ल्याउने छ ।

मुन ग्रुपले कुन कुन क्षेत्रमा लागनी गरेको छ ।

अहिले मुन ग्रुपले मुन ड्रप्स (मिनलर वाटर) र मुन ब्रिक्स (ईटा)मा लागनी गरेको छ ।यी दुवैको बजारमा माग उच्च छ । यस क्षेत्रमा पानी उधोग नभएको र सम्भवानमा राम्रो देखेकाले उधोग सञ्चालनमा ल्याएका हौ । करिव एक करोडको लागनी पानी उधोगमा छ ।गाँउ घरका महिलाले रोजगारी पनि पाएका छन् । बजारमा माग भएकाले उधोगको नाफामा नै छ । यस्तै हामीले पछिल्लो समयमा मुन ईटा सञ्चालनमा ल्याएका छौ । त्यस उधोगमा पनि धेरैले रोजगारी पाएका छन् र बजार राम्रो र सन्तोषजनक छ । अहिले सम्म मुन ग्रुपले ४ सय जनालाई रोजगारी दिई सकेको छ ।शुरुमा २०६० सालमा चन्द्रनिगाहपुरमा शैक्षिक क्षेत्रमा लागनी बिस्तार गरि मुनलाईट उच्च माध्यमिक विधालय खोलेका छौ । त्यसपछिबाट मुन ग्रुपले विभिन्न क्षेत्रमा लागनी बिस्तार गरेको हो ।

अव कुन कुन क्षेत्रमा लागनी बिस्तार गर्ने योजना छ ।

पक्कै पनि मुन ग्रुपको लोकप्रियता संगै हामीलाई थप उत्साह र हौषला मिलेको छ । शिक्षा क्षेत्र हुदै पानी र ईटा उधोगमा लगानी गरेको मुन ग्रुपले निकट भविष्यमा नै मुन ट्रान्सपोर्ट र मुन रिसोर्ट खोल्ने तयारीमा जुटेको छ । यस क्षेत्रमा स्तरिय होटल तथा रिसोटको अभाव हामीले महशुस गरेको छौ । पुर्व पश्चिम राजमार्ग र पर्यटकिय सम्भवना भएता पनि बाह्य र आन्तरिक पर्यटक लागी स्तरिय बाँस र खानाकोे व्यवस्थाका साथै, घुमफिरका लागी यातयात देखि अन्य सुविधा दिनका लागी नै रिसोट संञ्चालनमा ल्याउन खोजेका हौ । चाडै नै पर्यटिक स्थल नुनथर क्षेत्र भित्र रिसोर्ट सञ्चालनमा आउछ । यस्तै अव पहिलो पटक यस भेगमा पोखरा बिश्वबिधालयबाट संम्वधन लिई बि बि ए कक्षा संञ्चालन गर्ने तयारीम मुन ग्रप छ । यति मात्र नभई निर्माण क्षेत्रमा पनि यसै बर्ष देखि मुन बिल्र्डस प्रा.ली कम्पनी संञ्चालनमा ल्याएका छौ ।यता मुन ट्रान्सपोट पनि संञ्चालनकै तयारीमा रहेको छ भने निकट भविष्यमा नै संञ्चारक्षेत्रमा पनि लगानी बिस्तार गर्ने योजनामा हामी छौ ।

मुन ग्रपमा को को छन् र यसले कस्ता किसिमका समाजिक कार्य गर्दै आएको छ त ?

निकै राम्रो प्रश्न गर्नुभो ! मुन ग्रुपमा चन्द्रनिगाहपुरकै युवाहरु छन् । जसले यस क्षेत्रको विकाश र रोजगारीमा केहिगरौ भन्ने भावनाका छन् । उनीहरुको बिचारका कारण मुनको प्रोडक्टले सफता पाउदै गएको छ । निरन्तर आफनो उधोग व्यवसायमा मेहनेत गर्ने यस क्षेत्रका युवा अरुण लामा, केदार थापा लगायतको लागनी र साथले गर्दा मुनका प्राडक्टले अन्य जिल्लाको बजार लिन सफल भएको छ । नाफामा मात्र मुन ग्रुपले ध्यान नदिएर समाजिक कार्यमा पनि उतिकै सहयोग गरेको छ । भूकम्प पिडित जिल्लामा राहत पठाउनुका साथै  समाजिक कार्यमा निशुल्क पानी तथा अन्य सहयोग गर्दै आएको छ र आगमी दिनमा गर्ने मुन ग्रपको तर्फबाट प्रतिबद्धता जनाउँछु । 

तपाई राजनिति गर्ने व्यति कसरी उधोग व्यवसायमा उदाउनुभयो ?

राजनितिक गर्ने व्यतिले उधोग व्यवसाय गर्ने नहुने भन्ने छैन् । राजनिति भनेको समाजसेवा हो , जसमा नाम र चर्चा कमाउन गरिन्छ । राजनिति गर्नु वेठिक होईन तर राजनिति गरेर मात्र पनि त समाज बन्दैनन् । त्यसैले उधोग व्यवसाय क्षेत्रमा लागनी गरेको हो । मैले गरेको लगानीले समाजमा रहेका बेरोजगारीले केहि हद सम्म रोजगारी पाएका छन् । यसैमा सन्तुष्टि छु,  अझै उधोग क्षेत्रमा लागनी गरेर धेरै रोजगारी सिर्जना गर्नु उद्धेश्य छ ।अहिले  उधोग व्यवसायमा बिशेष ध्यान दिएको छु । फुर्सदको समयमा राजनितिक कार्यक्रममा भाग लिन्छु ।मलाई कुशल उधोगी व्यवसायी, राजनितिज्ञ र समाजसेवी भनेर यस क्षेत्रका मानिसले चिन्छन् । यसैमा नै मलाई गौरव लाग्छ ।

अहिले मुन ग्रपले कति लगानी गरिसकेको छ ?

हामीले अहिले  पाँच करोड भन्दा बढि लगानी गरिसकेका छौ । हाम्रो लागनी उपल्विधमुलक भएकाले थप लागनीको योजनामा छौ । लागनी भन्दा पनि गुणस्तरमा ध्यान दिएकाले मुन प्रोडक्टको बजार माग उच्च छ । यसले गर्दा आगमी दिनमा नयाँ नयाँ उधोग स्थापना गर्ने लक्ष्य छ । सल्लाह र सुझाव अनुसार फरक फरक क्षेत्रमा लागनी गर्ने प्रण गरेका छौ ।

अन्त्यमा, बिदेशीने युबाहरुको लागि के सल्लाह र सुझाव दिन चहानुहुन्छ ?

धन्यवाद, युवाहरु  बिदेशिनु भन्दा स्वदेशमा नै लागनी गरेर साना वा मझौला उधोग संञ्चालन गर्नु उपयुतm हुन्छ । यसले गर्दा आफुले पनि रोजगारी पाउने र अन्यलाई पनि दिन सकिन्छ । बिदेशमा गर्ने कडा मेहनत र परिश्रम स्वदेशमा नै गर्ने सल्लाह र सुझाव दिन्छु । १८ घण्टा परिश्रम र ज्यान जोखिममा राखेर काम गर्नु भन्दा स्वदेशमा नै साना उधोग संञ्चालन गर्नु उपयुतm हुन्छ । यसका लागी राज्यले उधोग स्थापना गर्ने प्रक्रिया सहज गरि युवालाई लागनी गर्ने बतावरणको सिर्जना गर्नु पर्छ । यसले गर्दा समाजिक र आर्थिक विकाश हुनुका साथै समृद्ध समाज बन्ने छ ।

प्रतिकृया दिनुहोस
SITENAME

निर्वाचन आयोगमा डरलाग्दो भ्रष्टाचार, बाहिरियो प्रमाणहरू, बोल्नै सकेनन् अयोधीप्रसाद यादव

काठमाडौं, २८ चैत । अनियमितताका केही उदाहरण महालेखाले असार मसान्तसम्मको लेखापरीक्षण गर्दा निर्वाचन आयोगमा भएका सयौँ अनियमितता भेट्टाएको छ । अझ

SITENAME

होटल ब्यबसाय आम्दानीको स्रोत हो, अध्यक्ष देबेन्द्र अर्याल

विगत लामो सयम देखि रौतहटको चन्द्रनिगाहपुरमा होटल व्यवसायमा संग्लन रहदै २०७३ साल माघ ८ गते भएको होटल ब्यावसायी संघ रौतहटको प्रथम जिल्ला अधिवेशनबाट

SITENAME

सम्बृद्ध नगर बनाउने योजनाका साथ अघि बढेका छौ, नगर प्रमुख यादब

रौतहटमा १६ नगरपालिका र २ गाउँपालिका रहेको छ, । जप्रतिनिधि चयन भएसंगै उनीहरुले आफनो कार्यकाल लाई नगरक्षेत्रमा कस्तो बिकास योजना दिदै छन । जनताको