ताजा खबर

गायक हेमन्त शर्माको गायनमा दर्शक रमाए 

SITENAME

रौतहट ४ भाद्र । गायक हेमन्त शर्माको फुर्सद सायदै कम हुनेछ । देशमै उनी अहिलेका सर्वाधिक व्यस्त गायक हुन् । उनको गायन कला मन नपराउने कमै होलान । यस्तै समयको ब्यस्त बाबजुद पनि उनले चन्द्रनिगाहपुर जारी महोत्सबमा र्दशक लाई गायनको मार्फत नचाउन आईपुगेका छन । रातो सर्ट लगाएका उनी स्टेजमा देखिनासाथ दर्शकहरु औधिनै मनपराए संगै गाउन थालेपछि दर्शक लाई त्यतिकै नचाउन सफल भए । देशका विभिन्न सांस्कृतिक कार्यक्रमदेखि विदेशका कन्सर्टसम्ममा उनी दर्शक लाई नचाउन र मनोरञ्जन दिन पुग्ने गरेका छन । गायक शर्माले ‘माया साह्रै महँगो‘’, ‘फूल हौ भने बसाइदेऊ’, ‘जाला उडेर मेरो जाले रुमाल’, ‘माया त यस्तो होस’, आदि सदाबहार गीत गायक शर्माले गाएर दर्शक लाई नचाएका हुन । उनको गायन कला संगै स्टेजमा देखाएको कलाले समेत दर्शक लाई आकर्षित गरेको थियो । उनले गाएका गीतहरु महोत्सबमा आएका दर्शकको जिब्रोमा झुण्डिएको छ । गीत गाउँदै दर्शक नचाउन माहिर रहेका गायक हेमन्त शर्माले महोत्सबमा आकर्षक पनि भएका हुन । 


 

प्रतिकृया दिनुहोस
SITENAME

बुगी उगी डान्सको टप थ्रिमा परेकी कबिताले भनिन मलाई मत दिएर जिताईदिनुस

रौतहट ९ स्राबण । बुगी उगी डान्स प्रतियोगिताको टप थ्रि भित्र पर्न सफल सर्लाहीको चेली कबिता परियारले आज चन्द्रनिगाहपुरमा आफनो नृत्यु प्रस्तुत गरिन ।

SITENAME

फिल्म आर पारको शुभ मुहुर्त

राही चन्चल रौतहट ९ साउन । समाजमा रहेको विकृतिलाई न्युनिकरण गर्ने उदेश्यले भोजपुरी भाषामा फिल्म आर पार बन्ने भएको छ । नेपाल पत्रकार महासंघ रौतहट, गौरको

SITENAME

आफैले बनाएको बस्तिका बालबालिका संग मनाईन सुन्तलीले जन्मदिन

रौतहट १६ जेष्ठ । रौतहटको चन्द्रपुर–८ सन्तपुरमा कलाकार कुञ्जना घिमिरे ( सुन्तली ) ले जन्मदिन मनाइएकी छिन । आफ्नो नेतृत्वमा निर्माण गरेको एकिकृत नमुना