ताजा खबर

रुसमा राष्ट्रपति निर्वाचनः पुटिनको मत ७६.६७ प्रतिशत

SITENAME

एजेन्सी– रुसको राष्ट्रपतिमा पुनः निर्वा्चित भएका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले ७६.६७ प्रतशत मत प्राप्त गरेका छन् ।  आइतबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उनी अत्यधिक बहुमतका साथ पुनः निर्वा्चित हुनुभएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँको निर्वाचनको मतमध्ये ९९.८ प्रतिशत गणना गरिसक्दा पुटिनले मात्र ७६.६७ प्रतिशत मत हात पारेका थिए ।  यो उनका निकटतम प्रतिद्वन्द्वीको तुलनामा निकै नै बढी हो । उनका प्रतिद्वन्द्वीले १२ प्रतिशतमात्र मत प्राप्त गरेका छन् ।  आइतबार सम्पन्न मतदानमा ६७ प्रतिशत मत खसेको थियो । यस मतसंख्यालाई पनि कममात्र मत खसेको भनी टिप्पणी गरिएको छ । उता विपक्षीहरुले भने उनको यो मत प्रतिशतलाई अस्वाभाविक भनी टिप्पणी गरेका छन् । उनीहरुले यस मतप्रतिशतलाई राष्ट्रपतिले स्वच्छ निर्वाचनका माध्यमबाट प्राप्त नगरेको बताएका छन् ।  पुटिनले रुसलाई करिब दुई दशकदेखि नेतृत्व प्रदान गर्दै आएका छन् । यो उनको चौथो कार्यकाल हो । उनले रुसलाई आगामी ६ वर्ष नेतृत्व प्रदान गर्नेछन् । 

प्रतिकृया दिनुहोस
SITENAME

सम्बन्ध विच्छेदलाई अवैध मान्ने मुलुक अब एउटा मात्रै बाँकी ?

एजेन्सी । विश्वभरका २ वटा मुलुकमा पारपाचुके गर्न अवैध छ, फिलिपिन्स र भ्याटिकन सिटीमा । फिलिपिन्समा सम्बन्ध विच्छेदको कानुन नहुँदा महिला बढी प्रताडित

SITENAME

भिडियो गेम खेल्न नदिएको भन्दै भाईद्वारा गोली हानेर दिदीको हत्या

अमेरिकाको मिसीसिपीमा शनिबार ९ वर्षीय बालकले दिदीको गोली हानी हत्या गरेका छन् । भिडियो गेम खेल्न नदिएको भन्दै ती बालकले १३ वर्षीया दिदीलाई गोली प्रहार

SITENAME

मोदीमुक्त भारत बनाउने भन्दै राज ठाकरेले थाले अभियान

५ चैत्र २०७४  काठमाडौं । महाराष्ट्र नवनिर्माण सेना (एमएनएस)का प्रमुख राज ठाकरेले ‘मोदीमुक्त भारत’ बनाउने भन्दै अभियान सुरु गरेका छन । मुम्बईको