ताजा खबर

कारवाहीमा परे यूटीएल र स्मार्ट टेलिकम

काठमाण्डौ ५ चैत्र । युनिफाइड लाइसेन्स लिएर पनि तोकिएअनुरुप सेवा विस्तार गर्न नसकेपछि यूटीएल र स्मार्ट सेललाई कारवाहीमा परेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स लिँदा पेश गरेको रोलआउट प्लानअनुरुप सेवा विस्तार गर्न नसकेको भन्दै यूटीएल र स्मार्ट टेलिकमलाई ५(५ लाख रुपैयाँ जरिवाना गराएको छ ।
युटीएलले लाइसेन्स पाएको लामो समयसम्म पनि सेवा विस्तार नसकेपछि कारवाही गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार ऐनमा उल्लेखित व्यवस्थाअनुरुप यूटीएललाई जरिवाना गराउने गरी पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । युटिएलललाई प्राधिकरणले २०७३ को भदौ २०मा युनिफाइड लाइसेन्स दिएको थियो । उसले लाइसेन्स लिएको एक वर्ष्भित्रै ४४ जिल्लामा सेवा विस्तार गर्ने बताएको थियो । उसको स्वीकृत योजनाअनुसार यतिबेला ५४ जिल्लामा सेवा पुग्नुपर्छ । तर, उसले जीएसएम मोबाइलसहित युनिफाइड सेवाका लागि तयारीसम्म पनि नगरेपछि कम्पनीलाई प्राधिकरणले ६ महिनाभित्र ५४ वटै जिल्लामा सेवा पुर्‍याईसक्न निर्देशन दिएको छ । कारवाहीमा परेको स्मार्टले पनि गत भदौसम्म निर्धा्रित ९ जिल्लामा मात्र सेवा विस्तार नगरेपछि कारवाही गरिएको हो । उसलाई ६ महिनाभित्र तोकिएका जिल्लमा सेवा विस्तार गर्न भनिएको छ । प्राधिकरणको निर्देशन पालना नभए लाइसेन्स खारेजसम्मको कानुनी व्यवस्था छ ।

प्रतिकृया दिनुहोस
SITENAME

सार्बजनिक सुनवाई कार्यक्रम सम्पन्न

रौतहट २२ जेष्ठ । गरिबी निबारण कार्यक्रम अन्तर्गत सामुदायिक संस्थाहरुको सार्बजनिक सुनवाई कार्यक्रम रौतहटमा सम्पन्न भएको छ । जनकल्याण बिकास केन्द्र

SITENAME

संकल्प बचत तथा ऋण सहकारी संस्था द्धारा एटीएम सेबा संचालन

रौतहट १३ जेष्ठ । संकल्प बचत तथा तथा ऋण सहकारी संस्थाले आईतबार बाट एटिएम सेवा शुभारम्भ गरेको छ । सहकारीमा प्रविधिको प्रयोग भुतmानीमा सेवा उपयोग भन्ने

SITENAME

फेसबुक करोडौंका डाटा दुरुपयोग, जुकरवर्ग ठूलो कानूनी संकटमा

बीबीसी । अहिले चलिरहेको फेसबुकविरुद्धको अनुसन्धानमा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गलाई व्यक्तिगत रुपमा उपस्थित हुन दबाब आइरहेको बताइएको छ