ताजा खबर

भिडियो गेम खेल्न नदिएको भन्दै भाईद्वारा गोली हानेर दिदीको हत्या

SITENAME

अमेरिकाको मिसीसिपीमा शनिबार ९ वर्षीय बालकले दिदीको गोली हानी हत्या गरेका छन् । भिडियो गेम खेल्न नदिएको भन्दै ती बालकले १३ वर्षीया दिदीलाई गोली प्रहार गरेका थिए । भिडियो गेम खेल्न नदिएपछि बालकले बन्दुक उठाएर पछाडिबाट गोली हानेका थिए । गोली सीधै दिदीको टाउकोमा लागेको थियो । बालिकाको अस्पतालमा उपचार हुँदाहुँदै ज्यान गएको छ । उपचारका निम्ति उनलाई स्थानीय मेमफिस अस्पतालमा लगिएको थियो । ती बालकले बन्दुक कसरी हात पारे भन्ने विषयमा स्पष्ट जानकारी मिल्न सकेको छैन । ती बालकलाई के कारबाही गर्ने भन्ने विषयमा पनि अन्योल देखापरेको छ । प्रहरी अधिकारीले भने, ‘मलाई लाग्छ, यसरी हत्या गर्ने कुरा उसले टेलिभिजन हेरेर वा भिडियो गेमबाट सिकेको हुनुपर्छ । गोली हान्दा के हुन्छ भन्ने उसलाई थाहा नहुन सक्छ । मसँग यसको कुनै जवाफ छैन । यो घटना निकै दुःखद छ ।’ यो घटना हुँदा उनीहरूकी आमाले अर्को कोठामा अर्को बच्चालाई खाना खुवाउँदै थिइन् । प्रहरीले यो घटना निकै अनौठो भएको र यसबाट आफूबाट स्तब्ध भएको बताएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

सम्बन्ध विच्छेदलाई अवैध मान्ने मुलुक अब एउटा मात्रै बाँकी ?

एजेन्सी । विश्वभरका २ वटा मुलुकमा पारपाचुके गर्न अवैध छ, फिलिपिन्स र भ्याटिकन सिटीमा । फिलिपिन्समा सम्बन्ध विच्छेदको कानुन नहुँदा महिला बढी प्रताडित

SITENAME

रुसमा राष्ट्रपति निर्वाचनः पुटिनको मत ७६.६७ प्रतिशत

एजेन्सी– रुसको राष्ट्रपतिमा पुनः निर्वा्चित भएका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले ७६.६७ प्रतशत मत प्राप्त गरेका छन् ।  आइतबार सम्पन्न

SITENAME

मोदीमुक्त भारत बनाउने भन्दै राज ठाकरेले थाले अभियान

५ चैत्र २०७४  काठमाडौं । महाराष्ट्र नवनिर्माण सेना (एमएनएस)का प्रमुख राज ठाकरेले ‘मोदीमुक्त भारत’ बनाउने भन्दै अभियान सुरु गरेका छन । मुम्बईको