स्थानीय
रौतहटमा मोबाइल बैंकिङ मार्फत २ लाख ९५ हजार रुपैयाँ ठगी, बैंक विवरण माग्दै प्रहरीद्वारा अनुसन्धान सुरु

उपेन्द्र गोले तामाङ
रौतहट १३ कार्तिक
मोबाइल बैंकिङ खातामा अनधिकृत पहुँच पुर्याएर २ लाख ९५ हजार रुपैयाँ ठगी भएको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चन्द्रनिगाहपुर शाखालाई पत्राचार गर्दै शंकास्पद बैंक खाताको केवाईसी विवरण तथा कारोबारसम्बन्धी कागजात उपलब्ध गराउन अनुरोध गरेको छ । प्रहरीमा प्राप्त निवेदनअनुसार वृन्दावन नगरपालिका–१ निवासी २४ वर्षीय एक युवकको मोबाइल बैंकिङ खातामा अनधिकृत पहुँच पुर्याई २०८३ कात्तिक ५ गते पटक–पटक कारोबार गरेर २ लाख ९५ हजार रुपैयाँ ठगी गरिएको उल्लेख छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सम्बन्धित बैंकसँग कात्तिक ५ देखि ९ गतेसम्मको बैंक स्टेटमेन्ट, खाता खोल्दा पेस गरिएको केवाईसी फाराम तथा अन्य आवश्यक कागजात माग गरेको हो । मोबाइल बैंकिङमार्फत भएको उक्त आर्थिक ठगीमा संलग्न व्यक्ति तथा रकम स्थानान्तरण भएका खाताको पहिचान गर्ने उद्देश्यले प्रहरीले बैंकसँग विवरण माग गरेको जनाएको छ ।
प्रहरीले शंकास्पद खाताको विवरण माग गर्दै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । ठगीमा प्रयोग भएको रकम सुरक्षित राख्न सम्बन्धित खाताको कारोबार रोक्का गर्ने प्रक्रियाबारे समेत अनुसन्धान अघि बढाउनुपर्ने देखिएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान तथा ठगी भएको रकमको अवस्थाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अज्ञात व्यक्तिको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते
रौतहट १८ कार्तिक । रौतहटको सदरमुकाम गौरमा मङ्गलबारर गोली चलेको छ । पहचिान नखुलेका व्यक्तिले गोली प्रहार गर्दा गौर नगरपालिका–४ गडवा टोलस्थित पानी

रौतहटमा सिमेन्ट बोर्ड उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
रौतहट १७ कार्तिक उपेन्द्र गोले तामाङ रौतहटमा उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । जिल्लाको फतुवा विजयपुर

उमेर हद खारेजीको माग गर्दै बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा
रौतहट १७ कार्तिक उपेन्द्र गोले तामाङ सर्लाही र रौतहटमा सिँचाई सुविधा पुर्याउँदै आएको बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारीले विभिन्न माग









प्रतिकृया दिनुहोस