स्थानीय
अज्ञात व्यक्तिको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

रौतहट १८ कार्तिक । रौतहटको सदरमुकाम गौरमा मङ्गलबारर गोली चलेको छ । पहचिान नखुलेका व्यक्तिले गोली प्रहार गर्दा गौर नगरपालिका–४ गडवा टोलस्थित पानी ट्याङ्की नजिक रहेका २८ वर्षीय राकेश यादव घाइते भएका हुन । गोली चलेको जानकारी पाएपछि बसपार्कप्रहरी बीटका प्रहरी घटनास्थल पुगेको थियो । गोली लागेर घाइते भएका यादवलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । त्यहाँ उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो । गोली प्रहारको कारण र घटनामा संलग्न व्यक्तिहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रौतहटमा सिमेन्ट बोर्ड उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
रौतहट १७ कार्तिक उपेन्द्र गोले तामाङ रौतहटमा उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । जिल्लाको फतुवा विजयपुर

उमेर हद खारेजीको माग गर्दै बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा
रौतहट १७ कार्तिक उपेन्द्र गोले तामाङ सर्लाही र रौतहटमा सिँचाई सुविधा पुर्याउँदै आएको बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारीले विभिन्न माग

राजपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तीन खुट्टा भएको शिशुको जन्म, थप उपचारका लागि रेफर
रौतहट १६ कार्तिक रौतहटको राजपुर प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा तीनवटा खुट्टा भएको नवजात शिशुको जन्म भएको छ । आज बिहान करिब ५ बजे सामान्य









प्रतिकृया दिनुहोस