स्थानीय
राजपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तीन खुट्टा भएको शिशुको जन्म, थप उपचारका लागि रेफर

रौतहट १६ कार्तिक
रौतहटको राजपुर प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा तीनवटा खुट्टा भएको नवजात शिशुको जन्म भएको छ । आज बिहान करिब ५ बजे सामान्य प्रसूतिमार्फत शिशुको जन्म भएको हो। जन्मलगत्तै शिशुको अवस्था जटिल देखिएपछि स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले आवश्यक प्रक्रिया पूरा गरी थप उपचारका लागि उपयुक्त अस्पतालमा रेफर गरेका छन् । जटिल अवस्थामा जन्मिएको शिशुलाई समयमै अन्य अस्पताल पठाउन स्वास्थ्यकर्मीहरूले तत्परता देखाएको भन्दै राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजीक आलमले स्वास्थ्यकर्मी तथा प्रसूति सेवामा खटिएका नर्सिङ कर्मचारीलाई धन्यवाद दिएका छन् । नगरप्रमुख आलमले स्वास्थ्यकर्मीहरूको जिम्मेवारी, सक्रियता र सेवाभावको प्रशंसा गर्दै नवजात शिशुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यस घटनाले प्रसूति सेवामा स्वास्थ्यकर्मीहरूको समयमै निर्णय र उचित स्वास्थ्य संस्थामा रेफर गर्ने प्रक्रियाको महत्त्वलाई समेत उजागर गरेको छ । शिशुको स्वास्थ्य अवस्था र थप उपचारको पछिल्लो विवरण भने प्राप्त भएको छैन ।

अज्ञात व्यक्तिको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते
रौतहट १८ कार्तिक । रौतहटको सदरमुकाम गौरमा मङ्गलबारर गोली चलेको छ । पहचिान नखुलेका व्यक्तिले गोली प्रहार गर्दा गौर नगरपालिका–४ गडवा टोलस्थित पानी

रौतहटमा सिमेन्ट बोर्ड उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
रौतहट १७ कार्तिक उपेन्द्र गोले तामाङ रौतहटमा उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । जिल्लाको फतुवा विजयपुर

उमेर हद खारेजीको माग गर्दै बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा
रौतहट १७ कार्तिक उपेन्द्र गोले तामाङ सर्लाही र रौतहटमा सिँचाई सुविधा पुर्याउँदै आएको बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारीले विभिन्न माग









प्रतिकृया दिनुहोस