स्थानीय
रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते

उपेन्द्र गोले तामाङ
रौतहट १३ कार्तिक
रौतहटमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् । दुर्घटनामा प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको हो भने उनकी श्रीमती प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएकी छन् । जिल्लाको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा गुजरा नगरपालिका–४ पोखरभिन्डा निवासी ३५ वर्षीय चौधरी र मोटरसाइकलको पछाडि सवार उनकी ३० वर्षीया श्रीमती खड्का घाइते भएका थिए । दुवैलाई उपचारका लागि एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो । तर, उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए । उनकी श्रीमती खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा प्रहरी जवानका रूपमा कार्यरत रहेको खुलेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अज्ञात व्यक्तिको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते
रौतहट १८ कार्तिक । रौतहटको सदरमुकाम गौरमा मङ्गलबारर गोली चलेको छ । पहचिान नखुलेका व्यक्तिले गोली प्रहार गर्दा गौर नगरपालिका–४ गडवा टोलस्थित पानी

रौतहटमा सिमेन्ट बोर्ड उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
रौतहट १७ कार्तिक उपेन्द्र गोले तामाङ रौतहटमा उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । जिल्लाको फतुवा विजयपुर

उमेर हद खारेजीको माग गर्दै बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा
रौतहट १७ कार्तिक उपेन्द्र गोले तामाङ सर्लाही र रौतहटमा सिँचाई सुविधा पुर्याउँदै आएको बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारीले विभिन्न माग









प्रतिकृया दिनुहोस