स्थानीय
रौतहटमा स्कुटर दुर्घटना हुँदा दुई किशोरको मृत्यु, दुई घाइते

रौतहट, १ मंसिर । रौतहटमा चार जना सवार स्कुटर दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।सोमबार साँझ चार जना सवार मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा भारतको सितामढी जिल्ला भकुरहर ग्रामका १६ वर्षीय प्रिन्स पासवान र सितामढी जिल्लाकै जमुवा टोल निवासी १८ वर्षीय अनिकेत पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। त्यस्तै, स्कुटरमा सवार भकुरहर ग्रामकै १७ वर्षीय सुनिल पासवान र रौतहटको यमुनामाई नगरपालिका–५ झुनखुनवा टोल निवासी १५ वर्षीय आकाश पासवान घाइते भएका छन्। घाइतेहरूको प्रादेशिक अस्पताल गौर र वीरगञ्जमा उपचार भइरहेको छ। उनीहरूको टाउको, हात तथा शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको अवस्थामा स्कुटर दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार स्कुटरको सिट क्षमताभन्दा बढी चार जना सवार थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
..jpeg&h=200&w=220)
रौतहटमा नाईन एमएमका २७ राउण्ड गोली बरामद, दुई जना भारततर्फ फरार
रौतहट, २ मंसिर । प्रहरीले रौतहटको नेपाल–भारत सीमा क्षेत्रबाट पेस्तोलमा लाग्ने नाईन एमएमका २७ राउण्ड गोली बरामद गरेको छ । गौर भन्सार सुरक्षा गार्ड र

रौतहट बौधिमाईको सरमुज्वामा चोरको आतंक, दुई होटलमा तोडफोड गरी चोरी
रौतहट १ मंसिर रौतहटको बौधिमाई नगरपालिका–८ सरमुज्वास्थित हनुमान मन्दिर नजिकै रहेका दुईवटा होटलमा गएराति चोरी भएको छ । रातिको समयमा चोरहरूले

रौतहटमा लैङ्गिक तथा यौनजन्य हिंसा रोकथामका लागि तीनदिने सचेतना कार्यक्रम सुरु
रौतहट १ मंसिर रौतहटमा लैङ्गिक तथा यौनजन्य हिंसा रोकथाम र न्यूनीकरण गर्ने उद्देश्यले तीनदिने सचेतनामूलक कार्यक्रम सुरु भएको छ । अपराध अनुसन्धान





प्रतिकृया दिनुहोस