स्थानीय
रौतहट बौधिमाईको सरमुज्वामा चोरको आतंक, दुई होटलमा तोडफोड गरी चोरी

रौतहट १ मंसिर
रौतहटको बौधिमाई नगरपालिका–८ सरमुज्वास्थित हनुमान मन्दिर नजिकै रहेका दुईवटा होटलमा गएराति चोरी भएको छ । रातिको समयमा चोरहरूले होटलको पछाडि पट्टिको बार तथा घेराबेरा तोडफोड गरी भित्र प्रवेश गरेर विभिन्न सामग्री चोरी गरेको पीडित होटल सञ्चालकहरूले बताएका छन् । चोरहरूले दुवै होटलबाट ३ थान ग्यास सिलिन्डर, मिठाई, तरकारी, साइकल, भाँडाकुँडा, चिनी लगायतका खाद्य सामग्री तथा अन्य सामान चोरी गरेर लगेको बताइएको छ । एकै रात दुईवटा होटलमा चोरी भएपछि सरमुज्वा क्षेत्रका व्यवसायी तथा स्थानीयवासी त्रसित बनेका छन् । बजार क्षेत्रमा समेत चोरीका घटना हुन थालेपछि स्थानीयले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन् । स्थानीयवासीले रातिको समयमा प्रहरी गस्ती बढाउन, चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरी कानुनी कारबाही गर्न र व्यवसायीको सुरक्षाको उचित व्यवस्था मिलाउन प्रहरी प्रशासनसँग माग गरेका छन् ।
..jpeg&h=200&w=220)
रौतहटमा नाईन एमएमका २७ राउण्ड गोली बरामद, दुई जना भारततर्फ फरार
रौतहट, २ मंसिर । प्रहरीले रौतहटको नेपाल–भारत सीमा क्षेत्रबाट पेस्तोलमा लाग्ने नाईन एमएमका २७ राउण्ड गोली बरामद गरेको छ । गौर भन्सार सुरक्षा गार्ड र

रौतहटमा लैङ्गिक तथा यौनजन्य हिंसा रोकथामका लागि तीनदिने सचेतना कार्यक्रम सुरु
रौतहट १ मंसिर रौतहटमा लैङ्गिक तथा यौनजन्य हिंसा रोकथाम र न्यूनीकरण गर्ने उद्देश्यले तीनदिने सचेतनामूलक कार्यक्रम सुरु भएको छ । अपराध अनुसन्धान

रौतहटमा स्कुटर दुर्घटना हुँदा दुई किशोरको मृत्यु, दुई घाइते
रौतहट, १ मंसिर । रौतहटमा चार जना सवार स्कुटर दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।सोमबार साँझ चार जना सवार मधेश





प्रतिकृया दिनुहोस